Comments Add Comment

बसन्तले सार्वजनिक गरे ‘आमा’ बोलको गीत

विदेशिएका लाखौं युवाको आवाज बोल्दै गायक बसन्त अर्यालले  “आमा”  बाेलकाे गीत सार्वजनिक गरेका छन् । शशी विक्रम थापाको संगीतमा रहेको उक्त गीतले नेपालको आजको विद्यमान परिस्थितिको झल्को दिने खालको छ ।

फरक शैलीमा नेपाली मौलिकता बोकेको यो गीतले नेपालका लाखौं युवाहरु विदेशी भूमिमा पसिना बगाइरहँदा स्वदेशमा लाखौं आमाको आँसु अनि विदेशमा आमालाई सम्झेर स्वदेश फर्केर आउने बाचा गरेर सकारात्मक सन्देशको प्रवाह गर्न खोजेकाे छ ।  फरक शैलीका गीतले श्रोतालाई फरक स्वाद दिने र गीत–संगीतको मूल मर्मको सम्मान हुुनुपर्ने विचार बसन्त अर्यालले राखेका छन् ।

हाल  चण्डीप्रसाद काफ्लेसँग  स्वर कक्षा पनि लिइरहेका छन् । पारिवारिक पृष्ठभूमि पनि सांगितिक भएका कारण पनि गीतसंगीत प्रति उनको विशेष आकर्षण र सम्मान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment