Comments Add Comment

पूजासँग आकाशले रोमान्स गर्ने, ‘रामकहानी’ राखियो फिल्मको नाम


नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘रामकहानी’ राखिएको छ । कमेडी र लभस्टोरी कथाको मिश्रणको रुपमा बन्न लागेको चलचित्रको नामसँगै नायक पनि फाइनल भएका छन् । पूजासँग यस अगाडि आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह लगायतका कलाकारले काम गरिसकेका छन् ।

अब, भने पूजाको चलचित्रमा नायक आकाश श्रेष्ठको इन्ट्री भएको छ । आकाश अहिले चलचित्र ‘ड्रिम गर्ल’मा काम गरिरहेका छन् । सुदर्शनको निर्देशनमा काम गरेका पल र प्रदिप अहिले स्टार भैसकेका छन् । यो चलचित्रको छायांकन फागूण १ गतेबाट सुरु हुँदैछ । चलचित्रमा केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, रविन्द्र झा लगायतका कलाकार फाइनल भैसकेका छन् ।

अहिले यो चलचित्रको धमाधम कथामा काम भैरहेको छ । केदारले १० लाख र जितुले ७ लाख पारिश्रमिक लिएपछि चलचित्र चर्चामा छ । चलचित्रमा सौरभ लामाको छायांकन, अर्जुन पोखरेलको संगीत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment