Comments Add Comment

रोकिएन वीरगञ्ज आन्दोलन, थप कार्यक्रम घोषणा

९ माघ, वीरगञ्ज । प्रदेश राजधानीको माग गर्दै दाङ र डोटीमा भएको आन्दोलन रोकिएको छ । तर, वीरगञ्जमा भने आन्दोलन थप चर्काउने निर्णय भएको छ ।

संघर्ष समितिको मंगलबार बसेको बैठकले रिले अनशनलाई जारी राख्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

आन्दोलनलाई थप प्रभावकारी बनाउन लागिएको संर्घष समितिका सहसंयोजक राजकुमार गुप्ताले जानकारी दिए ।

बैठकले रिले अनशनलाई जारी राख्दै माघ १३ गते वीरगञ्जमा जुलुस प्रर्दशन गर्ने, १९ गते आमसभा गर्ने, २० गते मसाल जुलुस प्रर्दशन गर्ने र माघ २१ गते वीरगञ्ज बन्द गर्ने निर्णय गरेको छ ।

संघर्ष समितिले पर्सा जिल्लाका ग्रामिण क्षेत्रमा पनि जागरणका कार्यक्रम गर्ने निर्णय गरेको छ । ‘वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन अन्य जिल्लाहरुको पनि समर्थन चाहिन्छ । त्यसका लागि ‘अन्तर जिल्ला समन्वय समिति’ छ । यसले पनि आफ्नो काम गर्छ’ संघर्ष समितिका प्रवक्ता ओम प्रकाश सर्राफले भने ।

जनकपुरलाई प्रदेशन २ को अस्थायी मुकाम घोषणा गर्न लागेको संकेत पाएदेखि वीरगञ्जमा आन्दोलन सुरु भएको थियो भने १९ दिनदेखि रिले अनसन जारी छ । सरकारले भने जनकपुरलाई प्रदेशको अस्थायी मुकाम तोकिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment