Comments Add Comment

वाम र मधेसी गठबन्धनबीच तालमेलको प्रयास असफल

एक सिटका लागि राज्य पुनर्संरचनाको बाचा नगर्ने वाम अडान

फाइल फोटो

९ माघ, काठमाडौं । वाम र मधेसी गठबन्धनबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने प्रयास असफल भएको छ । मधेसी गठबन्धनमा आवद्ध राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले राज्य पुनर्संरचनाको मुद्दा उठाएपछि सहमति प्रयास भाँडिएको हो ।

राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने प्रयासमा एमाले र माओवादी तथा फोरम र राजपा शीर्ष नेताहरुबीच मंगलबार दुई पटक छलफल भएको थियो ।

प्रदेश २ बाट चयन हुने राष्ट्रियसभाका ८ सिटमा तालमेल गर्न दुबै गठनबन्धन सकारात्मक थिए । मधेसी दलले ६ सिट मागेको थियो भने वाम गठबन्धनले ५ सिट लिन प्रस्ताव गरेको थियो । तर, मधेसी दलहरुले राज्य पुनर्संरचनाको मुद्दालाई सर्त बनाएपछि वाम गठबन्धनले तालेमल चाहेन ।

‘एक सिटका लागि राज्य पुनर्संरचनाको मुद्दामा सहमति गर्न सकिँदैन’ एमालका एक नेताले भने ।

उनका अनुसार भोलि बन्ने प्रदेश र केन्द्र सरकारमा पनि सहकार्य हुने सम्भावना रहँदा वाम गठबन्धन संविधान संशोधन गर्ने बचन दिन सकारात्मक थियो ।

तर, मधेसी दलहरुले राज्य पुनर्संरचना आयोग गठन गरेर सीमांकन हेरफेर गर्नु र्ने बताएको छ । राज्यपुनर्संरचना आयोगको प्रतिवेदन अनुसार संविधान संशोधन गर्ने प्रतिवद्धता खोजिएको राजपाका नेता वृशेषचन्द्र लालले बताए ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बधुबार उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

मधेसी गठबन्धनले कांग्रेस र वाम गठबन्धन दुवैसँग सहमतिको प्रयास गरेको थियो ।

तर, दुवैतिर सहमति हुन सकेको छैन । यदि नयाँ सहमति नहुने हो भने प्रदेश २ का ८ मध्ये ४ सिट मधेसी गठबन्धन, २/२ सिट कांग्रेस र वाम गठबन्धनले जित्नेछन् ।

यदि मधेसी र वाम गठबन्धन मिल्ने हो भने ८ सिट मा कांग्रेस शून्य हुन्छ तर, कांग्रेस र मधेसी मिल्दा पनि वामले भने ३ सिट सुरक्षित गर्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment