Comments Add Comment

दाङमा एमाले नेता पौडेलले भने- अस्थायी मुकामबारे अनावश्यक विवाद नगरौं

फाइल फोटो

१० माघ, दाङ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी कहाँ राख्ने भन्ने विषयमा प्रदेशसभाले विवेकसम्मत निर्णय गर्ने बताएका छन् ।

राष्ट्रियसभाको उम्मेदवारी दर्ता एमालेको टोलीसँगै दाङको घोराही आएका पौडेलले सञ्चारकर्मीहरुसँग सरकारले आफ्नो जिम्मेवारी अनुसार अस्थायी मुकाम तोकेकाले यसमा विरोध गर्नु आवश्यक नभएको बताए ।

‘अहिले भएको निर्णय अस्थायी हो, अब प्रदेशसभाको दुई तिहाई बहुमतले अन्तिम निर्णय गर्छ,’ उनले भने, ‘अस्थायी मुकाम तोकेको विषयमा अनावश्यक विरोध गर्दा प्रदेशसभाको इज्जत र मर्यादाका लागि सुहाउदैन ।’

प्रदेशको राजधानीको टुंगो लगाउने जिम्मा जनताको मतबाट विजयी भएका प्रदेश सांसदहरुको भएकाले यसमा टिप्पणी गर्नुको कुनै औचित्य नभएको पौडेलको भनाइ छ । भौगोलिक रुपमा दाङको पनि रुपन्देहीको पनि पक्षमा दुई तिहाई पुग्दैन कसरी निर्णय हुन्छ त ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने- ‘तपाईलाई प्रदेश सांसदहरुले अगि्रम जानकारी दिइसक्नुभएको छ र ? प्रदेश सभाका सांसदरु जिम्मेवार हुनुहुन्छ, उहाँहरुले विवेकसम्मत निर्णय गर्नुहुन्छ ।’

राष्ट्रिय सभाका उम्मेदवारहरुलाई लिएर नेता पौडेल, प्रदेश ५ का एमाले संसदीय दलको नेता शंकर पोख्रेललगायतका नेताहरु निर्वाचन कार्यालय पुगेका थिए ।

रुपन्देहीबाट प्रतिनिधिसभामा निर्वाचित पौडेलले समेत अस्थायी मुकाम गृहजिल्लामा तोक्नका लागि दवाव दिएको आरोप लाग्ने गरेको छ । अस्थायी मुकामको माग गर्दै दाङमा भएको आन्दोलनमा उनीविरुद्ध नारावासी समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment