Comments Add Comment

बाराबाट दुई सय बोरा मरिच र ५० लाखको सामान बरामद

१० माघ, वीरगञ्ज । बारामा प्रहरीले दुई सय बोरा मरिच बरामद गरेको छ ।

प्रहरीले दुई वटा गाडी र चालकसहित नियन्त्रणमा लिइएको मरिच राजश्व कार्यालयलाई बुझाएको छ ।

मरिचको बजार मूल्य २६ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ ।

पक्राउ पर्नेमा बाराको कोल्हबी नगरपालिका वडा नं.४ बस्ने कृष्ण खरेल र सागर राना भाट रहेका छन् ।

बाराको बारा आदर्श कोतवाल गाँउपालिका-६ स्थित हुलाकी राजमार्ग सडकबाट ५० क्विन्टल मरिचसहित उनीहरुलाई पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि बुधबार राजश्वकार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी भुवनेश्वर साहले जानकारी दिए ।

ना३च ७००० र ना४च २८१४ नम्बरको पिकप गाडीमा १००/१०० बोरा कालो मरिच भारततर्फ अवैध रुपमा लैजाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय महेन्द्र आदर्श बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

३० लाख मूल्य बराबरको २ थान पिकप गाडी समेत आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा पठाइएको बारा प्रहरीले जनाएको छ ।

यस्तै, बारा प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१ स्थित पथलैया चोकबाट भन्सार छली ल्याउँदै गरेको ५० लाख मूल्य बराबरको समान बरामद गरेको छ ।

वीरगञ्जबाट नेेपालगंज तर्फ जाँदै गरेको ना४ख ९१३९ नम्बरको ट्रकमा चेकजाँचको क्रममा उक्त मूल्य बराबारको समान बरामद गरिएको हो ।

प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा बिल भर्पाई नभएको अवस्थाका कपडा, औषधी, ग्यास लाईटर लगायतका खुद्रा मालसमान फेला परेपछि बारमद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बरामद गरिएको समान सहितको ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment