+
+

ओपोले ल्यायो २५ हजारको फूल स्क्रिन डिस्प्लेसहितको ‘ए८३’

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १० गते १८:०९

१० माघ, काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले ईण्ट्रि लेभल क्यामेरा फोन अन्तर्गत नयाँ ओपो ए८३ सार्वजनिक गरेको छ । ए८३मा यस मूल्य श्रेणीका फोनमा विरलै उपलब्ध हुने फुल  स्क्रिन डिस्प्ले फिचर उपलब्ध छ ।

साथै, यसमायूवा पुस्तालाई वास्तविक तथा प्राकृतिक सेल्फी अनुभव प्रदान गर्ने उद्देश्यका साथ एआई ब्यूटी रिकग्निशन प्रविधि पनि उपलब्ध गरिएको छ ।

३ जीबी र्‍याम र ३ हजार १ सय ८० एमएएच ब्याट्री क्षमता सहितको यो फोनको मूल्य रु. २४ हजार ९ सय ९० निर्धारण गरिएको छ ।

कम्पनीको नेपाल भर रहेका बिक्री केन्द्रमामार्फत फोन कालो र सुनौलो रंगमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

एआई स्मार्ट ब्यूटी

८ मेगापिक्सेलको फ्रन्ट र १३ मेगा मेगापिक्सेल क्षमताको रियर क्यामेरा सहितको ओपो ए८३माएआई ब्यूटी रिकग्निशन प्रविधिको प्रयोग गरिएको छ । यो प्रविधिले तस्विरमा तपाईँलाई उत्कृष्ट देखाउन सघाउँछ ।

यसले अनुहारका प्रमुख चारित्रिक विशेषताको पहिचान गरी तिनको सुन्दरता कायम राख्दै उत्कृष्ट सेल्फी प्रस्तुत गर्न सघाउँछ ।

साधारण शब्दमा भन्नु पर्दा एआई ब्यूटी रिकग्निशन प्रविधि साधारण सफ्टवेयर प्रोग्राम मात्र नभइ यसले ब्यवसायिक फोटोग्राफरका रुपमा सोच्ने र सिक्ने क्षमता राख्छ । ओपोको एआई प्रविधिले हजारौँ तस्विरको डाटावेसको माध्यमबाट सिक्दै अनुभवी फोटोग्राफरहरुले झैँ उत्कृष्ट तस्विर प्रस्तुत गर्न सघाउँछ ।

यसले स्वचालित रुपमा हजारौँ तस्विरको माध्यमबाट सिक्दै छालाको रंग, बनोट, लिंग र उमेरका आधारमा तस्विरमा रहेको विषयलाई वर्गिकरण गर्दै उत्कृष्ट पोट्रेट प्रस्तुत गर्छ ।

फ्ल्यागशिप फूल स्क्रिन

ए८३को आकार जम्मा ५.७ ईञ्च छ । तर, यसमा रहेको स्क्रिनको आकार भने ५ ईञ्चको छ । आफ्ना पछिल्ला मोडलका तुलनामा यसको बेजल रेसियो १८ः९ राखि एण्ट्रि लेभलफोनमै फुल स्क्रिनको मज्जा पस्कन कम्पनी सफल भएको छ ।

यसले गर्दा ए८३ मार्फत तस्विर, भिडियो हेर्दा तथा गेम खेल्दा फराकिलो दृष्यानुभुति लिन सकिन्छ । आज सम्म अधिकांश प्रमुख ब्राण्डले आफ्ना फ्ल्यागशिप मोडलमा मात्रै फुल स्त्रिmन फिचर समाहित गरेका छन् ।

ओपो ए८३को साथमा आफ्ना थप उपभोक्ताले फुल स्क्रिन फोनको उपयोग गर्न पाउन् भन्ने कम्पनीको उद्देश्य रहेको छ । साथै, फुल स्क्रिन डिस्प्लेलाई साथदिनयसमा १४४०/७२० उच्च रिजोल्यूशनको ब्यवस्था गरिएको छ ।

सार्वजनिक नयाँ फोनमा फेस अनलक सुविधा पनि उपलब्ध गरिएको छ । यसले गर्दा फोनको स्क्रिनमा आफ्नो अनुहार देखाइ सजिलै फोन अनलक गर्न सकिन्छ ।

औँला भिजेको अवस्था वा हात ब्यवस्त रहेको अवस्थामा फोन उठाउन पर्दा यसले विशेष सहजता प्रदान गर्छ ।

डिजाइन

ए८३को डिजाइन यूएफओ (यूएफओ कभ्र्ड डिजाइन फिलोसोफी) माआधारित भइगरिएको छ । फोनलाई पि्रमियम डिजाइन दिने सोचका साथ यसमा यूएफओको जस्तै सुब्यवस्थित डिजाइन अपनाइएको कम्पनीको भनाइ छ ।

सहज परिचालन

ए८३को निर्माण उपाभोक्तालाई सहज तथा आरामदायी परिचालन अनुभव दिने सोचका साथ गरिएको छ ।

फोनमा जडित ३जीबी सञ्चालन मेमोरीले विशेष गरी यूवावर्गलाई गेमिङको भरपुर मज्जालिन सघाउँछ । साथै, यसमादूई ओटा नानो सिम र १ थानएसडी कार्ड एकै पटक प्रयोग गर्न सकिन्छ ।

एसडी कार्डको प्रयोगबाट प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार फोनको सञ्चय क्षमता २ सय ५६ जीबी सम्म बढाउन सक्छन् ।

फोनमा प्रयोग गरिएको नयाँकलर ओएस ३.२ सञ्चालन प्रणली र फाइल आदान प्रदानका लागि उपलब्ध गरिएको ओ-सेयरले ६ देखि ७ओटा साधारण तस्विर एकै सेकेण्डमा ट्रान्सफर गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?