Comments Add Comment

वृज सिमेन्टको प्रायोजनमा शरदले गरे क्रिकेट एकेडेमीलाई सहयोग

१० माघ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका खेलाडी श्री शरद भेषवाकरले पोखरामा अवस्थित राईजिङ पोखरा क्रिकेट एकेडेमीलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेका छन् । पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित एवं वृज सिमेन्ट इण्डष्ट्रीजद्धारा प्रायोजन गरिएको सामग्री उनले हस्तान्तरण गरेका हुन् ।

भेषवाकर वृज सुपर पि्रमियिम ओपिसी सिमेन्टका ब्राण्ड एम्बेसडर हुन् । सो क्रिकेट एकेडेमीमा करीव ३० जना खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् ।

क्रिकेट एकेडेमीको स्थापना एक वर्ष अगाडि भएको हो । नेपाली क्रिकेट विकासमा वृज सिमेन्टले गरेको सहयोगले पनि भूमिका खेल्ने उनले बताए ।

निजी क्षेत्रबाट हुने यस किसिमको सहयोगले आम खेलकुदमा लाग्ने युवाहरुलाई हौसला हुने र उनीहरुले आफनो खेललाई अझ राम्रो तरिकाले प्रर्दशन गर्न सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment