+
+

‘पद्यावत’ रिलिजको दिन भारतका फिल्महलहरूमा समेत आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ११ गते १५:१२
फोटो : रोयटर्स

सञ्जय लीला भन्सालीको चर्चित तर विवादित फिल्म पदमावत रिलिज भएको दिन भारतका विभिन्न राज्यमा विरोध प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीले गाडी जलाउनुका साथै केही फिल्महलहरुमा आक्रमणसमेत गरेका छन् । उनीहरुले फिल्म प्रदर्शन बन्द गर्न माग गरेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

फिल्म प्रदर्शनका क्रममा हुन सक्ने हिंसात्मक घटनालाई मध्यनजर गरेर धेरै राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दिल्लीका ग्रामीण क्षेत्रका स्कुलहरु आक्रमणको डरले बन्द गरिएको छ । कतिपय फिल्महल बाहिर सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अतिवादी हिन्दु समूहले पद्यावत फिल्मले हिन्दु रानी र मुस्लिम राजाबीचको रोमान्स प्रस्तुत गरेर आफूहरुको संस्कृतिको अवहेलना गरेको आरोप लगाएका छन् । यसै कारण पद्मावतको रिलिज दुई महिना पछि धकेलिएको थियो ।

विरोधका कारण केही राज्यहरुमा फिल्म प्रदर्शन बन्द गरिएको छ । बुधबार दिल्ली नजिकैको एक स्कुलमा आक्रमण पनि भएको छ । कतिपय सिनेमा हलहरुलाई फिल्म प्रदर्शन नगर्न धम्की दिइएको छ ।

भारतका चार राज्यले सुरक्षाको कारण देखाउँदै यो फिल्म प्रदर्शन नगर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका थिए । तर अदालतले कानुनको शासन कायम गर्ने जिम्मा राज्यको भएकाले फिल्म रोक्न नमिल्ने आदेश दिएको थियो ।

यस फिल्ममा दीपिका पादुकोण र रणवीर सिंहको प्रमुख भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?