Comments Add Comment

‘रानीमहल’मा बर्षाको प्रेम को–कोसँग ?


पाल्पामा रहेको रानीमहललाई प्रेमको प्रतिकको रुपमा मानिन्छ । सोहि, प्रेमको प्रतिकको रुपमा मानिने ‘रानीमहल’कै नाममा अब चलचित्र बन्ने भएको छ । यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर तयार पारिने काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

काठमाण्डौको पाँचतारे अन्नपूर्ण होटलमा आयोजना भएको पत्रकार सम्मेलनमा डेढ करोड लगानीमा बन्ने चलचित्रको घोषणा गरियो । चलचित्रको छायांकन ४५ दिनमा सक्ने योजना निर्माणपक्षको छ । चलचित्रलाई बुटबल, भैरहवा, चितवन, स्याङग्जा, पोखरा, पाल्पा र काठमाडौंमा सुटिङ गरिनेछ । हिमाल न्यौपानेले निर्देशन गर्न लागेको चलचित्रमा विमल भुषालको लगानी रहनेछ ।

चलचित्रमा दीपक पौडेलको पटकथा, निरज कँडेलको छायांकन, अर्जुन पोखरेल र हुर्कलश बस्नेतको संगीत, हिमाल केसीको एक्सन रहनेछ । चलचित्रमा नीर शाह, बिएस राना, केशव भट्टराई, प्रशान्त ताम्राकार, सुष्मिता बमजन, रश्मी भट्ट, उमा बेबी, विष्णु सापकोटा, नगेन्द्र रिजाल, वर्षा सिवाकोटी, आशिष अधिकारी, साहिल श्रेष्ठ, मानस्वी खरेल, युनिता खत्री, बासु खनाल, शिलु पोखरेल, अनामिका लामिछाने, भिस्म राज जोशी, सौगात धिताल, बिनोद कुमार सापकोटा, सुरज चौलागाईं, पुष्पा निरौला, भोला शाह, गणेश पौडेल लगायतका कलाकारले अभिनय गर्दैछन् ।

कार्यक्रममा बोल्दै नायिका बर्षा सिवाकोटीले एउटा उत्कृष्ट प्रेमकथामा चलचित्र बन्ने लागेको बताइन् । उनले चलचित्रमा आफू ‘रानी’को भूमिकामा देखिने समेत बताएकी छिन् । निर्देशक न्यौपानेले यो चलचित्रले प्रेमको भाव बताउने बताए । प्रेमको चलचित्रका लागि ‘रानीमहल’ जस्तो राम्रो नाम अर्को हुनै नसक्ने उनको भनाई थियो ।

कार्यक्रममा नायिका बर्षा सिवाकोटी हट पहिरनमा पुगेकी थिइन् । कलाकार र कथा परिवर्तन हुँदा चलचित्र निर्माण हुन केहि समय लागेको छ । अब, भने चलचित्र निर्माण हुने पक्का भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment