Comments Add Comment

आईसीसीको टोली नेपाल आउँदै, नेपाली क्रिकेटबाट आइतबार निर्णायक बैठक

११ माघ, काठमाडौं । नेपाल क्रिकेट संघको विधानबारे छलफल गर्न अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को टोली अर्का साता नेपाल आउने भएको छ ।

सल्लाहकार समूहको बैठक आइतबार राखिएको छ । एक सदस्यका अनुसार आईसीसीबाट कोको भनिएको छैन । तर, इमरान ख्वाजा र अमर शेख आउने सम्भावना छ ।

यो बैठक क्रिकेट संघको अबको भविश्य के हुन्छ भन्ने तय गर्ने सल्लाहकार समूहका सदस्यहरु बताउँछन् ।

सल्लाहकार समूहले बनाएको विधान अनुमोदन गर्ने क्रममा निर्वाचित क्यानको साधारण सभाले संशोधन गरेपछि आईसीसीले त्यसलाई स्वीकार गरेको छैन । खासगरी निर्वाचित क्यानका १७ जना नयाँ नेतृत्व चयनका लागि हुने साधारणसभामा सहभागी हुन पाउने प्रावधानमा आईसीसीको असहमति देखिएको छ । एक सदस्य भन्छन्, ‘यसबारे सहमतिको प्रयास हुन्छ ।’

आईसीसी टोलीको यो भ्रमणमा ठोस सहमति जुटे फेब्रुअरीमा आईसीसी बोर्ड बैठकले निलम्बन फुकुवाबारे सकारात्मक निर्णय गर्न सक्छ । नभए क्रिकेट संघ खारेजको बाटोमा जाने खतरा रहेको सल्लाहकार समूहका सदस्यहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment