+

च्याम्पियन्स लिग जित्यो भने यो अविश्वसनीय वर्ष हुनेछः रोनाल्डो

२०७४ माघ  १२ गते १०:१९ २०७४ माघ १२ गते १०:१९
च्याम्पियन्स लिग जित्यो भने यो अविश्वसनीय वर्ष हुनेछः रोनाल्डो


१२ माघ, काठमाडौं । रियल मड्रिडका लागि आफ्नो शाख जोगाउन च्याम्पियन्स लिग पर्याप्त हुने स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बताएका छन् ।

स्पेनिस जाइन्ट ला लिगामा लिग लिडर बार्सिलोना भन्दा १९ अंकले पछाडि छ भने कोपा डेल रे कपको पनि प्रि क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

च्याम्पियन्स लिगको नकआउट चरणमा पेरिस सेन्ट जर्मेन प्रतिद्वन्द्वी पाएको छ । ‘यदि हामीले वर्षको अन्त्यमा च्याम्पियन्स लिग जित्यो भने यो अविश्वसनीय वर्ष हुनेछ’ रोनाल्डोले एक अन्तरवार्तामा भनेका छन् ।

ला लिगामा राम्रो सुरुवात गर्न नसकेको र यसबाट कोही पनि खुसी नरहेको उनले बताए । उपाधि होडमा फर्कन सहज नभए पनि हार नमान्ने रोनाल्डोले बताए ।

रियल मड्रिडका स्ट्राइकरले अघि भनेका छन्, ‘अब हामी च्याम्पियन्स लिगमा कडा मेहनत गर्छौ । किनकि यो हाम्रा लागि महत्त्वपूर्ण ट्रफी हो ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय