+
+
Shares

‘शेरबहादुर’मा चोर कर्मा, भूमिकाबाट सन्तुष्ट सुनिल

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १२ गते १४:१२


आउँदो शुक्रबारदेखि चलचित्र ‘शेरबहादुर’ रिलिज हुँदैछ । यो चलचित्रमा कलाकार सुनिल थापा शिर्ष भूमिकामा देखिदैछन् । चलचित्रमा कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्रलाई गौरी शंकर धुजुले निर्माण गरेका हुन् ।

यसको निर्माणपक्ष चलचित्र हलिउड चलचित्रबाट केहि न केहि रुपमा प्रभावित भएको बताउँछ । नायक कर्माले चलचित्रमा आफू चोरको भूमिकामा देखिएको बताए । यस्तै, उनले आफूले चलचित्र ‘शेरबहादुर’मा जस्तो दुःख अन्य चलचित्रमा नगरेको पनि स्पष्ट पारे ।

कलाकार सुनिल थापाका अनुसार उनलाई चलचित्र ‘शेरबहादुर’ हेरेपछि दर्शकले ‘राते काँइला’बाट ‘शेरे’ भनेर चिन्नेछन् । उनले आफू यो चलचित्रबाट पूर्ण रुपमा सन्तुष्ट भएको समेत बताएका छन् ।

यो चलचित्र देश​भ​रिको ६ द​र्ज​न​ ह​ल​ह​रुमा एकसाथ​ लाग्नेछ । चलचित्रलाई आर​ राज​वंशीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?