Comments Add Comment

चिकित्सा विद्यार्थी सम्मेलन जुलाइमा मलेसियामा हुने

१२ माघ, काठमाडौँ । दक्षिण एशियामै पहिलो पटक यहाँ भएको एशियाली चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन आगामी जुलाईमा मलेसियामा हुने निर्णय गर्दै सकिएको छ ।

एशियन मेडिकल स्टुडेण्ट एशोशिएशन नेपालको आयोजनामा यही माघ ८ देखि १२ गतेसम्म ‘मातृ तथा नवजात शिशु स्वास्थ्य’ विषयमा केन्द्रित सम्मेलनमा गर्भावस्थादेखि गरिने उपचार, चिकित्सकले ध्यान दिनुपर्ने पक्ष र मातृशिशु सुरक्षाका विषयमा छलफल भएको थियो । मलेसियामा हुने सम्मेलन भने संक्रमणको जोखिमबारे केन्द्रित हुनेछ ।

सम्मेलनमा एशियाली मुलुकका चिकित्सा विषय अध्ययन गर्ने विद्यार्थीबीच आआफ्नो देशमा हुने अध्यापन विधि, सिकाइ प्रक्रियाबारे अन्तक्र्रिया, स्वास्थ्यसम्बन्धी विभिन्न समस्यामाथि छलफल गरी समाधानका उपाय, एकार्काको ज्ञान साटासाट तथा आठ अनुसन्धनात्मक कार्यपत्र र दृश्य सामग्री प्रस्तुत गरिएको थियोे ।

कार्यक्रम समापनमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका क्याम्पस प्रमुख प्रा. डा. प्रतापनारायण प्रसादले चिकित्सा विद्यार्थीले सम्मेलनबाट एकार्काको देशमा पाइरहेको ज्ञानको आदानप्रदान गर्ने राम्रो अवसर पाएको बताए ।

एशोशिएशनकाअध्यक्ष डा सन्तोष उपाध्यायले वर्षको दुई पटक हुने यस प्रकारको सम्मेलन गर्ने नेपाल पहिलो एशियाली मुलुक भएकाले महत्वपूर्ण अवसर मिलेको बताए ।

नेपाललगायत भारत, बंगलादेश, थाइल्याण्ड, जापान, सिंगापुरलगायत १६ राष्ट्रका चिकित्सा विषयका विद्यार्थीको सहभागिता रहेको सम्मेलनमा विश्व स्वास्थ्य संगठन नेपालकी डा. मीरा थापा, बालरोग विशेषज्ञ डा. रमेशकान्त अधिकारी र डा. सुधा बस्नेत, स्त्रीरोग विशेषज्ञ डा. पद्मराज पन्त र डा. अर्चना अमात्य, रक्तरोग विशेषज्ञ डा. विशेष पौडेल, अर्बुद रोग विशेषज्ञ डा. विशाल ज्ञवालीलगायतले प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment