+
+
Shares

पोर्तेललाई आर्थिक पत्रकारिता पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १३ गते १४:२६

१३ माघ, झापा । झापाका पत्रकार पर्वत पोर्तेललाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

मेची उद्योग वाणिज्य सङ्घ, झापाले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यस वर्ष उनलाई दिन लागिएको हो ।

पोर्तेल कान्तिपुर दैनिकका संवाददाता हुन् । पुरस्कारको नगद राशी १५ हजार रुपैयाँ छ ।

शुक्रबार सङ्घका अध्यक्ष एवं पुरस्कार छनौट समितिका संयोजक पङ्कज विक्रम नेम्वाङको अध्यक्षतामा बसेको पुरस्कार छनौट समितिको बैठकले पोर्तेललाई पुरस्कार प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?