Comments Add Comment

प्रदेश ५ को पहिलो बैठक २१ माघमा बस्ने

१३ माघ, बुटवल । प्रदेश ५ को पहिलो बैठक २१ माघमा बस्ने तय भएको छ ।

प्रदेश प्रमुख उमाकान्त झाले सपथ ग्रहण गरेको एक हप्तापछि प्रदेशको पहिलो बैठक आहृवान गरेका हुन् । ‘२१ गतेलाई बैठक मिति तय गर्‍यौं, दिनको १ बजे बैठक शुरु हुनेछ’ प्रमुख झाले अनलाइनखबरसँग भने ।

प्रदेशसभाको पहिलो बैठक बुटवल उद्योग वाणिज्य संघका सभाहलमा बस्नेछ । प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ प्रदेशसभा सदस्य छन् ।

संसद भवन निर्माणका लागि आइतबारदेखि थप काम सुरु हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए ।

मुख्यमन्त्रीको भवनका लागि श्रम कार्यालय प्रयोग गर्ने अहिलेसम्मको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment