Comments Add Comment

‘शत्रु गते’मा फरक मदनकृष्ण, पल र आँचलको भूमिका के ?


प्रदर्शन अगावै सर्वाधिक चर्चा यदि कुनै चलचित्रको छ भने त्यो ‘सत्रु गते’कै छ । कहिले गीतका कारण त कहिले सर्वाधिक रकममा विक्री भएको खबरका कारण, यो चलचित्र चर्चामा छ । चैत्र ९ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको कलाकार मदनकृष्ण श्रेष्ठले डबिङ सकाएका छन् । चलचित्रमा आफ्नो भूमिका यसअगाडिका भन्दा फरक रहेको भन्दै उनले धेरै भन्न नमिल्ने बताए । नायक पल शाहले यसअगाडि नै चलचित्रको ७० प्रतिशत डबिङ सकाएका छन् ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ । मह संचारको प्रस्तुति रहेको चलचित्रका कार्यकारी निर्माता किरण केसी हुन् ।

रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल फिल्मका निर्माता हुन् । यो चलचित्रमा दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको गीत तथा संगीत सुन्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment