+
+
Shares

मुख्यमन्त्रीबारे छलफल गर्न एमालेले बैठक बोलायो

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १५ गते १३:२०
फाइल फोटो

१५ माघ, काठमाडौं । नेकपा एमालेले भोलि स्थायी कमिटीको बैठक बोलाएको छ । बैठकमा मुख्यमन्त्री छनोटबारे पनि छलफल हुने नेताहरुले बताएका छन् ।

मंगलबार विहान १० बजे स्थायी कमिटीको बैठक बोलाइएको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

वाम गठबन्धनको भागवण्डामा एमालेको भागमा प्रदेश १, २, ४ र ५ को मुख्यमन्त्री परेको छ । सचिव प्रदीप ज्ञवालीका अनुसार सर्वसम्मत संसदीय दलको नेता चयनको प्रयास हुनेछ र सहमति नजुटेको अवस्थामा चुनाव हुनसक्छ ।

उनले भने, ‘पार्टीले एउटा विधि बनाउँछ र प्रदेश कमिटीले आवश्यक निर्णय गर्छ ।’

एमालेको भागमा परेको प्रदेश ५ को संसदीय दलको नेतामा शंकर पोखरेल चयन भइसकेका छन् । प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई र भीम आचार्यको दाबी छ भने ३ मा अष्टलक्ष्मी शाक्यको सम्भावना छ । यद्यपी राजेन्द्र पाण्डेसहितका नेताहरुले पनि आफूलाई मुख्यमन्त्रीको दावेदारका रुपमा प्रस्तुत गरेका छन् ।

प्रदेश ४ को मुख्यमन्त्रीका लागि सचिप पृथ्वीसुब्बा गुरुङ र नेता किरण गुरुङको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?