Comments Add Comment

रञ्जना हत्या प्रकरणः पोखराबाट श्रीमान् र जेठाजु पक्राउ

१५ माघ, पाेखरा । जनकपुर उपमहानगरपालिका–२, किशोरनगरीमा गत ८ पुसमा हत्या गरिएकी २२ वर्षीय रञ्जना शर्माको हत्यामा संंलग्न भएकाे हुन सक्ने अाशंकामा तीन जना पक्राउ परेका छन् ।

पोखराकाे अमरसिंह चोकबाट उनका श्रीमान् आनन्द मोहन शर्मा, जेठाजु अरविन्द ठाकुर र उनकी श्रीमति रिकुकुमारी शर्मालार्इ पक्राउ गरिएको हो । पक्राउ परेका शर्मा पोखराको वन विज्ञान अध्ययन संस्थान र ठाकुर अमरसिंहचोकको वाणिज्य बैंकमा कार्यरत छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जिल्ला प्रहरी कार्यालय, धनुषाको पत्र अनुसार उनीहरुलाई पक्राउ गरिएको बताए । उनका अनुसार साेमबार नै पक्राउ परेकाहरूलार्इ धनुषा प्रहरीकाे जिम्मा लगाइनेछ ।

रञ्जनाको परिवारले दाइजोका कारण उनको हत्या भएको दाबी गर्दै आएको छ । यसअघि धनुषा जिल्ला अदालतले रञ्जनाका ससुरा ६२ वर्षीय देवनारायण ठाकुरलाई पूर्वपक्षका लागि कारागार चलान गरिसकेको छ ।

जिल्ला अदालत धनुषाका न्यायाधीश बासुदेव उप्रेतीको एकल इजलासले ठाकुरलाई महोत्तरीको जलेश्वर करागार पठाउने आदेश दिएको थियो ।

रञ्जनाकी सासु सुमित्रा देवी शर्मालाई सामान्य तारेखमा रिहा गरेको थियो ।

यो पनि पढ्नुस्

दाइजोका कारण रञ्जनाको हत्या भएको दाबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment