Comments Add Comment

दाइजोका कारण रञ्जनाको हत्या भएको दाबी

११ पुस, जनकपुर । जनकपुर उपमहानगरपालिका-२ किशोरीनगरीकी २२ वर्षीय रञ्जना शर्माको दाइजोका कारण हत्या भएको आफन्तले दाबी गरेका छन् । गत ८ पुसमा हत्या भएकाे थियाे ।

रञ्जनाका माइती पक्षका आफन्तहरुले पत्रकार सम्मेलन गरी आफूहरुसँग पटकपटक दाइजो स्वरुप रकम माग्ने गरेको भन्दै दाइजाेकै कारण हत्या भएकाे दाबी गरेका हुन् ।

रञ्जनाका आफन्तले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिँदा समेत अनुसन्धान नभएको भन्दै प्रहरी र सरकारी वकिल कार्यालयले समेत रकम खाएर मुद्दा मिलाउन खोजेको आरोप लगाएका छन् ।

आफन्तहरुले देवनारायण ठाकुर, उनकी श्रीमती सुमित्रदेवी ठाकुर, छोरा आनन्दमोहन शर्मा,अरविन्दकुमार ठाकुर, अरविनदकी श्रीमती रिकुकुमारी शर्माबिरूद्धमा जाहेरी दिएका थिए । तर, प्रहरीले उनीहरुविरुद्ध मुद्दा नचलाएको भन्दै आफन्तले आक्रोश व्यक्त गरेका हुन् ।

धनुषा जिल्ला अदालतले रञ्जनाका ससुरा ६२ वर्षीय देवनारायण ठाकुरलाई पूर्वपक्षका लागि कारागार चलान गरिसकेको छ ।

जिल्ला अदालत धनुषाका न्यायाधीश बासुदेव उप्रेतीको एकल इजलासले गत आइतबार ठाकुरलाई महोत्तरीको जलेश्वर करागार पठाउने आदेश दिएको हो ।

रञ्जनाकी सासु सुमित्रा देवी शर्मालाई समान्य तारेखमा रिहा गरेको छ । तर, महिलाका माइती पक्षले त्यसमा प्रहरीले निष्पक्ष रुपमा अनुसन्धान नगरेको र आफूहरुले दिएको जाहेरीमा समेत आरोपीहरुलाई बोलाएर समान्य बयान समेत प्रहरीले नलिएको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment