Comments Add Comment

बच्चाहरुको आँखाबाट कसरी उतार्ने पावरवाला चश्मा  ?

अहिले धेरैजसो बच्चाको आँखामा पावरवाला चस्मा चढिसकेको छ । अर्थात बच्चाहरुलाई नाङ्गो आँखाले सामान्य दृश्यहरु ठिम्याउन गाह्रो हुँदैछ । यसो किनपनि हुँदैछ भने, अहिले धेरैजसो बच्चा मोवाइल, ल्यापटप, ट्याबलेट, टेलिभिजनमा तल्लिन हुन्छन् । यस्ता उपकरणले सोझो आँखामा असर पुर्‍याइरहेका छन् । त्यसबाहेक खानपान, प्रदूषणले बच्चाको दृष्टि गुमाउँदै लगेको छ ।

आँखा कमजोर हुन बुढ्यौली आउनु पर्दैन । आजकाल साना साना केटाकेटीले पनि पावरवाला चश्मा लगाएर हिँडेको देखिन्छ ।

अहिलेका केटाकेटीहरु मोबाइल र ल्यापटप आँखा नजिकै राखेर गेम खेल्नु, घन्टौं उल्टो पल्टिएर कार्टुन हेर्नु, यूट्यूवमा भिडियो हेर्नु हरेक घरका बच्चाको दिनचर्यामा पर्छ । खानपिनमा पनि उनीहरु बिन्दास छन् । जंक फुड बढि खान्छन् र प्रोटिनले भरिएको अहारा रुचाउँदैनन् । यी सबै कारणहरुले गर्दा कतिपय बालबालिकाको आँखा कमजोर हुन्छ र चश्मा लगाउन वाध्य हुनुपर्छ ।

तर चिन्ता छाड्नुस । आफ्ना बच्चाहरुलाई घरबाहिर खेल्न पठाउनुस । विशेषज्ञहरुको भनाई छ कि यदि बच्चाहरु हरेक दिन कम से कम दुई घन्टा सुर्यको प्रकाशमा खेल्छन् भने उनीहरुको आँखा कमजोर हुनबाट जोगिन्छ ।

मायोपिया

यस रोगमा नजिककैको दृष्टि कमजोर हुन्छ । नजिकै रहेका वस्तुहरु धमिलो देखिन्छन् । त्यही कारणले टाढाको वस्तुहरुको प्रतिबिम्ब स्पष्ट बन्दैन । विशेषज्ञका अनुसार यस परिस्थितिको कारण हो आँखाका लागि प्रकासको कमि ।

के भन्छन् विशेषज्ञ ?

लन्डनको मूरफिल्ड्स आँखा अस्पतालका अप्थाल्मोलजिस्टका सल्लाहकार एनेग्रेट डाल्मान नूरले यसको मुख्य कारण सुर्यको प्रकाशमा कम रहनु बताए । जुन बच्चाहरु अत्यधिक पढ्छन्, टिभी, मोबाइल, ल्यापटपमा अत्यधिक समय बिताउँछन् र जसलाई खुल्ला आकाशमुनि खेल्ने, कुद्ने अवसर हुँदैन, उनीहरुलाई यो रोगले छुन सक्छ ।

बाबुआमाले आफ्ना बच्चाहरुलाई यता डिभाइसहरु बढि प्रयोग गर्न प्रोत्साहित गर्नु हुँदैन । उनीहरुलाई जतिसक्दो धेरै घरबाहिर खेल्न पठाउनुपर्छ ।

लन्डनको किंग्स कलेजका प्रोफेसर क्रिस हेमन्ड आजको समयमा बच्चाहरुरुमा मायोपिया सामान्य हुँदै गइरहेको बताउँछन् । उनका अनुसार बच्चाहरुले कम्तिमा दुई घन्टा घरबाहिर समय बिताए भने उनीहरु यो रोगबाट बच्न सक्छन् ।

यसका साथै बच्चाहरुलाई ओमेगा ३ को डाइट दिनु आवश्यक छ । यसको साथै उनीहरुलाई भिटामिन ए, सी र ईको पनि आवश्यकता पर्छ जुन उनीहरुको आँखाको लागि राम्रो हुन्छ ।

साथै नियमित रुपमा आँखाको जाँच गराउन पनि आमाबाबुहरुलाई विशेषज्ञले सल्लाह दिएका छन् ।

विशेष सुझाव

–    विद्युतिय उपकरणको लतबाट छुटाउनुपर्छ । मोवाइल, ल्यापटप, टिभीमा एकोहोरिन दिन हुँदैन ।

–    कितावमा पनि एकोहोरो हेर्ने वानीबाट छुटकारा दिलाउनुपर्छ ।

–    शारीरिक क्रियामा सरिक गराउनुपर्छ । निस्क्रिय बस्न दिन हुँदैन ।

–    जंगफूडको सेवन बन्द गराउनुपर्छ ।

–    हरियो सागपातमा अभ्यस्त गराउनुपर्छ ।

–    भिटामिन ए, सी र ईयुक्त खानेकुरा सेवन गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment