१६ माघ, लहान । सिरहाको गोलबजार नगरपालिकाको एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा करिब डेढ करोड रुपैयाँको धनमाल जलेका छन् ।
गोलबजार नगरपालिका ६ मा रहेको सुधीर इन्टरप्राइजेजमा सोमबार मध्यरातमा आगलागी हुँदा दर्जनौं कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, कम्प्युटरका सामानहरु, राउटरलगायत जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
आगो स्थानीयबासीको सहयोगमा प्रहरीले २ घन्टापछि नियन्त्रणमा लिएको पसल सञ्चालक सुधीर साहले बताए । आगलागी हुँदा पसलमा कोही नभएकाले धेरै सामान जलेको उनको भनाइ छ ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4