Comments Add Comment

सिमरा स्वास्थ्य केन्द्रमा ५ रुपैयाँमै दक्ष चिकित्सकको सेवा

१६ माघ, सिमरा । जिल्लाको केन्द्रका रूपमा रहेको सिमरा स्वास्थ्य केन्द्रमा पाँच रुपैयाँ शुल्कले दक्ष चिकित्सकबाट उपचार हुन थालेपछि स्थानीय लाभान्वित भएका छन् ।

‘नागरिकको अधिकार सुलभ उपचार’ को अभियान स्वरुप केन्द्रले आधुनिक प्रबिधि र दक्ष चिकीत्सकबाट उपचार थालेपछि नजिकै रहेका निजी अस्पतालहरुका बिरामीहरुको समेत सिमरा पीएचसी सिमरामा भिड लाग्ने गरेको छ ।

जटिल र ठूला रोगका बिरामी बाहेक अन्य सेवाग्राहीले स्वास्थ्य केन्द्रमा नै सेबा लिन थालेपछि निजी अस्पतालमा बिरामी घटेका छन् ।

स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकको क्षमता बराबरको निजी अस्पतालका डाक्टरका उपचार गराउँदा तीन सय देखि ५ सयसम्म प्रति ब्यक्ति शुल्क र औषधि समेत खरिद गर्नुपर्ने तर स्वास्थ्य केन्द्रमा ५ रुपैयाँमा उपचार सहित निशुल्क औषधि पाउन थालेसँगै यहाँका बिरामी साना ठूला समस्या बोकेर सरकारी अस्पताल नै धाउन थालेका छन् ।

केन्द्रमा सरकारले उपलब्ध गराएको ५८ प्रकारका औषधि निःशुल्क र ४८ प्रकारका ल्याब परीक्षण निजी अस्पताल भन्दा ५० प्रतीशत सस्तो दरमा परिक्षण भएपछि ग्रामीण क्षेत्र मात्र नभइ बजार क्षेत्रका नागरिकहरुले समेत सबैखाले सेबा यहाँबाट लिन थालेका छन ।

केही वर्षअघि गरीब, मजदुर जाने अस्पताल भनेर ब्याख्या हुने सिमरा पीएचसी अहिले समाजका सबै बर्गको रोजाइमा परेको छ ।

सिमराका एक केमिकल उद्योगका संचालक शिब पौडेलले आफु र परिबारका सदस्यको नियमित स्बास्थ्य परीक्षण केन्द्रमा गर्ने गरेका छन् ।

दक्ष चिकित्सक र सुलभ उपचार पाउने भएपछि आफनो मोह बढेको बताउदै पौडेल भन्छन-सरकारी अस्पताल प्रतिको बिरामीको भ्रम यहाँ चिरिएको छ ।

तीन एमबीबीएस, एक हेल्थ असिष्टेन्ट, तीन सीएमए, एक स्टाफ नर्स, तीन अनमी, एक फार्मेसी असिष्टेन्ट, एक ल्याब असिष्टेन्ट र केही कार्यालय सहयोगीको समूहले जाडोमा दैनिक करिब ८० जनासम्म बिरामी र गर्मी महिनामा करिब २०० जना बिरारीलाई उपचार गर्ने गरेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

२ वर्ष अघिसम्म थला परेको केन्द्रमा मनैदेखि काम गर्ने इच्छा बोकेर आएका डाक्टर श्रबणकुमार मण्डललको प्रयासपछि प्राथमिक स्वास्थ्य केन्ऽले अस्पतालको स्बरुप पाएको स्थानीय बताउँछन् ।

स्थानीय युवा अभिनास आचार्य भन्छन् – सिमरा पीएचसीले धेरै डाक्टर पायो, आएका धेरै जसो प्रमुखहरु जागिर खान मात्र आउँथे, अवधि सकिएपछि चुपचाप जान्थे, स्वास्थ्य केन्ऽमा डाक्टर आएको गएको आभास हुँदैनथ्यो, तर मण्डलले साँच्चै आˆनो कामप्रति जिम्मेवार भएर मिहिनेत गर्ने हो भने परिवर्तन सम्भव छ भन्ने उदाहरण दिएका छन् ।

सिमरा स्वास्थ्य केन्द्र प्रमुख एमबीबीएस डाक्टर मण्डलले बिरामी जाँच्ने काम मात्र नगरी केन्द्र टेक्ने बितिकै समाजका अगुबा, राजनैतिक दलका प्रतिनिधि, बिभिन्न संघ संस्थासंगको समन्बयलाई तीब्रता दिदै सरकारी निकायको समेत सहयोग लिएर स्वास्थ्य केन्ऽको पुरै प्रणालीमा नै सुधार ल्याएको स्थानीयहरु बताउँछन् ।

स्थानीयले अब २४ सै घण्टा सेबा सुबिधा प्रबाह गर्नका लागि स्थानीय निकायले बिशेष भूमिका निर्वाह गर्न समेत आग्रह गरिरहेका छन् ।

बारामा रहेको ५ बटा प्राथमिक स्वास्थ्य केन्ऽ मध्ये सिमरा स्वास्थ्य केन्द्र जिल्लाकै उत्कृष्ट बनेकोे जिल्ला जनस्बास्थय कार्यालयले समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment