+
+

राज्यले डोल्पाबाट फाइदा मात्रै लियो, केही दिएनः सांसद् बुढा

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १७ गते ९:०६


१७ माघ, डाेल्पा । अथाह पर्यटकीय सम्भावना हुँदा–हुँदै पनि डोल्पालाई राज्यले उपेक्षा गरेको गुनासो जिल्लाका जनप्रतिनिधिले गरेका छन् ।

डोल्पा जिल्लाबाट एकमात्र निर्वाचित प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले विश्वको सर्वोच्च स्थानमा रहेको मानव बस्ती, ऐतिहासिक तथा धार्मिक हिसाबले महत्व बोकेको गुम्बा, देशकै सबैभन्दा ठूलो झरनालगायतका आकर्षक स्थान जिल्लाभित्र हुँदा–हुँदै पनि डोल्पा उपेक्षमा परेको गुनासो गरे । जडिबुटीमा पनि डोल्पाको उत्तिकै सम्भावना रहेको उनको तर्क छ ।

‘डोल्पाको विकासको आधार जडिबुटी र पर्यटन हुन्’, सांसद् बुढाले भने, ‘तर, यी दुबै कुरामा राज्यले डोल्पाबाट कर मात्रै उठाएको छ ।’

बुढाले अगाडि थपे, ‘नेपालको सबैभन्दा गहिरो तथा दोस्रो ठूलो तालमा आउने पर्यटकहरुबाट राज्यले बर्सेनि लाखौं रुपैयाँ आम्दानी गरेको छ, तर डोल्पाको विकासमा ध्यान दिएको छैन । अब पनि यस्तै रवैया देखाइएमा यो हाम्रा लागि सैह्य हुँदैन ।’

उनले डोल्पाको हवाई तथा स्थलमार्गको विकासमा पनि राज्यले ध्यान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?