Comments Add Comment

ओपोद्वारा ‘फाइभजी पायोनियर ईनिसियटिभ’सँग सहकार्यको घोषणा

बेइजिङ । अन्तरराष्ट्रिय स्मार्टफोन ब्राण्ड मध्यकै सर्वाधिक लोकपि्रय मध्य एक ओपोले चीनमा आयोजित २०१८ क्वालकम टेक्नोलोजी डेमा ‘फाईभजी पायोनियर ईनिसियटिभ’का लागि क्वालकम टेक्नोलोजीजसंग सहकार्यको घोषणा गरेको छ ।

फाइभजी यूगमा मोबाइल प्रविधिमान वप्रबर्तनको अन्वेषणका लागि यो सहकार्य गरिएको विज्ञप्ति मार्फत जानकारी दिइएको छ । फाइभजी पायोनियर ईनिसिएटिभ मार्फत क्वालकम टेक्नोलोजिज्ले विश्वभर ओपोका प्रयोगकर्तालाई रेडियो फ्रिक्वेनसी फ्रन्ट ईन्ड फिल्ड जस्ता ब्यापक समाधान उपलब्ध गराइ अत्याधुनिक फाइभजी मोबाइल अनुभव प्रदान गर्न सघाउनेछ ।

‘फाइभजी मोबाइल नेटवर्कले वैश्विक मोबाइलउद्योगलाई नयाँ आयाम दिने छ । साथै, ईन्टरनेट अफथिङ्सका लागि मोबाइल फोन प्रमुख टर्मिनलका रुपमा विकसित हुनेछ ‘, ओपोका प्रमुख कार्यकारी अधिकृत टोनी छन्ले वैश्विक मोबाइल प्रविधि र यसको विकासका बारेमा भएको प्यानल डिस्कसनमा आफ्नो धारणा ब्यक्त गर्दै भने, ‘ओपोले आफ्नो शुरुवाती दिन देखि नै प्राविधिक नवप्रर्तनमा आफ्नो ध्यान केन्दि्रत गर्दै आइरहेको छ । यसले फाइभजी संग सम्बन्धित आरएण्डडीका लागि राम्रो जग बसाउन सघाएको छ । ओपोले फाइभजी र आर्टिफिसियल ईन्टेलिजेन्सी जस्ता क्रान्तिकारी प्रविधिमा लगानीलाई निरन्तर्ता दिँदै प्रयोगकर्ताको आवश्यकता तथा माग अनुसार नयाँ नयाँ प्राविधिक उपकरण उपलब्ध गराउँदै जानेछ । सन् २०१८ मा ओपोले वैश्विक बजारमा आफ्नो उपस्थिती थप शसक्त बनाउन जापान जस्ता अतिविकसित देशहरुमा प्रवेश जारी राख्दै विश्वका अझ बढी प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि सहितका स्मार्टफोन उपलब्ध गराउँदै लैजाने छ ।’

‘नजिकिँदो फाइभजी यूग, मोबाइलफोन उद्योगका लागि अभूतपूर्व समय हो । यसका लागि ओपोले आफ्ना साझेदारहरुसंग सहकार्य गर्दै यस क्षेत्रमा रहेका हरेक अवसरको सदूपयोग गर्नेछ ‘, ओपोका उपाध्यक्ष एलेन वुले सम्मेलनमा आफ्नो बक्तब्य मार्फत भने, ‘सन् २०१९ मा हाम्रा विश्वभरका प्रयोगकर्तालाई उत्कृष्ट फाइभजी अनुभव प्रदान गर्न, फाइभजी फोन सार्वजनिक गर्ने ओपोको योजना छ । क्वालकम टेक्नोलोजिज् ओपोका लागि एक प्रमुख रणनीतिक साझेदारका रुपमा रहँदै आएको छ । ओपोले यो सहकार्यलाई अझ शसक्त बनाउँदै उद्योग विकासका लागि हर सम्भव प्रयास गर्नेछ ।’

आफ्ना प्रयोगकर्ताका माग तथा आवश्कयता सम्बोधन, फाइभजी उत्पादनका लागि तयारी तथा अन्य अत्याधुनिक प्रविधिका लागि ओपो निरन्तर प्रयासरत छ । पेइजिङमा ज्यानुअरी १६-२०१८, आईएमटी-२०२० (५जी) प्रोमोसन गु्रप, चीनको तीन प्रमुख मन्त्रालयद्वारा स्थापित प्रमुख प्रमोशन संस्थाले फाइभजी प्रविधि आरएण्डडी ट्रायल फेज थ्री स्पेसिफिकेसन्स सार्वजनिक गरेको थियो । ओपोले एकल स्मार्टफोन निर्माताका रुपमा सोमा सहभागिता जनाई फाइभजी स्ट्याण्डर्ड निर्माणमा सघाएको हो ।

सन् २०१५को सुरुवातमा आपोले भविष्यको दुरसञ्चार मानकलाई ध्यानमा राखि विशेष आरएण्डडी टिम खडा गर्यो । यसका लागि कम्पनीले अन्तरराष्ट्रिय मानक विकासका अनुभवी विशेषज्ञहरु भर्ती गर्यो । अहिले स्मार्टफोन उद्योगकै उत्कृष्ट अनुसन्धानका लागि कम्पनीलाई यसले उल्लेख्य मात्रामा सघाएको छ ।

विश्वकै अग्रणी प्राविधिक नवप्रर्बतकहरुको साथमा अहिले चीनिया उत्पादकले फाइभजी नेटवर्कलाई ब्यवसायिक बनाउने काममा अग्रणी भुमिका निर्वाह गरिरहेका छन् । यो सहकार्यले निकट भविष्यमा नै विश्वभरका उपभोक्तालाई यथा सिघ्र फाइभजी अनुभव प्रदान गर्ने आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment