Comments Add Comment

सामाजिक सुरक्षाभत्ता नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी

१८ माघ, वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका-४ को वडा कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन् ।

वडाअध्यक्ष गाउँमा नबस्ने गरेको र वृद्धभत्ता समेत वितरण नगरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

वडाअध्यक्ष हरिओम साह कलवार वडाअध्यक्षमा निर्वाचित भएपछि केही दिन मात्रै कार्यालयमा गएको र अधिकांश समय वीरगञ्जमा नै रहने गरेको आरोप स्थानीयले लगाएका छन् । सानो सिफारिसका लागि पनि वीरगञ्ज धाउनुपर्ने बाध्यता रहेको गुनासो स्थानीयको छ ।

स्थानीय उमेशकुमार कलवारले वृद्धभत्ता पनि वितरण नगरेको र वडाअध्यक्ष कार्यालयमा पनि नबस्ने गरेका कारण वडा कार्यालयमा तालाबन्दी गर्नुपरेको बताए । ‘वडाअध्यक्ष कार्यालयमा पनि बस्दैनन्, गाउँका वृद्धवृद्धा र एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता पनि वितरण गरेका छैनन् ।’ उनले भने ‘ त्यसैले गर्दा स्थानीय वृद्ध वृद्धाहरुको समेत संलग्नतामा कार्यायमा तालाबन्दी गरेका हौं ।’

वडाअध्यक्ष हरिओम साह कलवारले भने गाउँपालिकाको कार्यालयले बजेट नै नदिएकोले सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको बताएका छन् । ‘गाउँपालिकामा पुरानो लिष्ट अनुसार पैसा आएको रहेछ, तर कार्यालयले नयाँ लिष्ट अनुसार पैसा वितरण गरेको छ । मेरो वडामा पैसा नै पठाएको छैन् । मैले कसरी वितरण गर्नु ?’ उनले भने ‘ गाउँमा नबस्ने भन्ने कुरा गलत छ, गाउँसभा नभएका कारण गाउँपालिकाको कार्यालयमा बढी समय विताउनु परेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment