Comments Add Comment

स्वराजको नेपाल भ्रमणको समय कूटनीतिक अभ्यास विपरीतः श्रेष्ठ


१९ माघ, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको समय गलत भएको बताएका छन् ।

पार्टी अध्यक्ष प्रचण्डले स्वराजलाई भेटिरहँदा माओवादी नेता श्रेष्ठले भने भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण समान्य कूटनीतिक र राजनीतिक अभ्यास अनुकुल नभएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यद्यपि उहाँलाई हामीले स्वागत गरेका छौं र भ्रमण फलदायी बनाउन कामना गरेका छौं ।’

श्रेष्ठले नेपालले आफ्नो गरिमा कायम राख्नुपर्ने र राष्ट्रिय स्वार्थमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

यसअघि कांग्रेस नेता शेखर कोइरालाले पनि स्वराजको भ्रमणको समय गलत भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment