Comments Add Comment

ह्वाट्सएपका प्रयोगकर्ता डेढ अर्ब नाघे

लोकप्रिय मोबाइल च्याट एप ह्वाट्सएपका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ५० करोड नाघेको छ ।

ह्वाट्सएपमा दैनिक ५० अर्ब म्यासेज आदान प्रदान हुने गरेको पनि तथ्यांकले देखाएको छ ।

फेसबुकका सिइओ मार्क जुकरबर्गले बिहिबार यस्तो घोषणा गरे ।

फेसबुक स्वामित्वको ह्वाट्सएपको सन् २०१७ को चौथो त्रैमासिकको वित्तिय विवरण सार्वजनि गर्ने क्रममा उनले यस्तो खुलासा गरेका हुन्।

गत जुलाईको तथ्यांक अनुसार फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्इा १ अर्ब ३० करोड थियो ।

साथै उनले फेसबुककै स्वामित्ववाला इस्टाग्राम अहिले सबैभन्दा धेरै स्टोरी शेयर गरिने लोकप्रिय प्रडक्ट बनेको छ भने ह्वाट्सएप दोश्रो स्थानमा रहेको छ ।

टेकक्रन्च वेबसाइटका अनुसार स्न्याच्याटका १७ करोड ८० लाख प्रयोगकर्ताको तुलनामा इन्स्टाग्राम स्टोरिज तथा ह्वाट्सएप फिचरको दैनिक प्रयोग गर्ने सक्रिय प्रयोगकर्ता ३० करोड भन्दा बढि पुगेका छन् ।

फेसबुकले सन् २०१४ को फेब्रुअरी १९ मा ह्वाट्सएप खरीद गरेको थियो । त्यसबेला ह्वाट्सएप खरीद गर्न फेसबुकले १९ अर्ब डलर खर्चिएको थियो । त्यसबेला ह्वाट्सएपका मासिक सक्रिय प्रयोगकर्ता ४५ करोड थिए ।

प्रयोगकर्ताको संख्या निकै उच्चदरमा बढेसँगै अब फेसबुकले ह्वाट्सएपलाई रकम आर्जन माध्यम पनि बनाउन चाहन्छ । यसका लागि उसले ह्वाट्सएपको बिजनेस एप हालै सार्वजनिक गरेको छ । बिजनेस युजर्सका लागि अतिरिक्त वाणिज्य, ग्राहकजन्य र प्रशारण सर्भिसबापत शुल्क लगाउने योजना उसको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment