+
+
Shares

राजा महाराजाका स्कुलिङ भएका कर्मचारीलाई ठीक लगाउँछौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १९ गते १५:५२

१९ माघ, धुलिखेल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कठोर बनेर कर्मचारीहरुलाई काम लगाउनुपर्ने बताएका छन् ।

काभ्रेको सदरमुकाम धुलिखेलमा नेपाल हृयाचरी उद्योग संघको साधारणसभामा उनले राजा महाराजाको स्कुलिङ भएका केही कर्मचारीहरुलाई कठोर बनेर जनताको सेवामा लैजानुको विकल्प नरहेको बताएका छन् ।

अब बन्ने वामपन्थी नेतृत्वको सरकारले कठोर ऐन कानुन बनाएर छाडातन्त्रको अन्त्य गर्ने पनि उनले बताए ।

उनले एमाले र माओवादी केन्द्रको एकतामा शंका नगर्नसमेत आग्रह गरे । आफू पनि कृषिको विद्यार्थी हुँ भन्दै उनले कृषिको क्रान्तिबिना नेपालको मुहार फेर्न नसकिने भएकोले अब कृषिमा उच्च प्रविधि र आकर्षणको विकास हुने कार्यक्रम अबको सरकारले ल्याउने प्रचण्डले बताए ।

लोकतान्त्रिक गणतन्त्रको राजनीतिक परिवर्तन भइसकेकाले अब कृषिबाट आर्थिक क्रान्ति जरुरत रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?