Comments Add Comment

प्रहरीसँग अब डिजिटल रेडियो कम्यूनिकेशन सिष्टम, ग्रुप कल गर्न सकिने

१९ माघ, काठमाडौं । नेपाल प्रहरीले सूचनालाई प्रभावकारी रुपमा सञ्चार गर्न डिजिटल रेडियो कम्यूनिकेशन लागू गरेको छ ।

शुक्रबार प्रदेश नं. ५ मा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले एक कार्यक्रमका बीच डिजिटल रेडियो कम्प्यूनिकेशन सिस्टमसहितको कमाण्ड सेन्टर उद्घाटन गरे ।

यसअघि पोखरामा पनि डिजिटल रेडियो सिष्टम लागू गरिसकिएको छ ।

विस्तारै अन्य क्षेत्रमा पनि यो सिस्टम लागू गरिने बताइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानीले डिजिटल सिष्टम लागू भएसँगै नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहज र सुलभ हुने बताए ।

उनले भने, ‘यो प्रणालीबाट जीपीएस ट्याकिङसँगै नेटवर्क विजी भएको अवस्थामा कर्मचारीले मोबाइलमा जस्तो प्राइभेट एसएमएस, ग्रुप कल आदि गर्न सक्छन् ।’

यसअघि नेपाल प्रहरीले प्रयोग गरेको सिष्टम एनालग हो । जुन सुरक्षाको दृष्टिकोणले बढ्दो प्रविधिसँग असुरक्षित रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment