+
+
Shares

प्रदेश ७ मा २७ र ६ मा २९ गते सभामुख निर्वाचन

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २० गते ७:३१

२० माघ, काठमाडौं । प्रदेश ६ र ७ को पहिलो बैठकले सभामुख चयनको मिति तोक्ने भएका छन् । प्रदेश ६ र ७ को आइतबार बस्ने प्रदेशसभाको पहिलो बैठकबाट अन्तरिम कार्यविधि पारित गर्दै सभामुख चयनको मिति तोक्ने कार्यसूची तयार गरिएको हो ।

प्रदेश ७ को पहिलो बैठकको कार्यसूचीमा २७ गते सभामुखको चुनावको मिति तोक्ने विषयमा छलफल हुने छ । बैठकले यो मिति पारित गरे २५ गते नामावली प्रकाशित गरी २७ गते सभामुख चयन हुने सांसद दुर्गा विकले जानकारी दिइन् ।

यस्तै प्रदेश ६ को पहिलो बैठकका लागि तयार गरिएको कार्यसूचीमा पनि सभामुखकै एजेण्डा मुख्य रहेको छ । प्रदेश ६ को सभामुख चयनका लागि २९ गते चुनावको मिति तोक्ने तयारी गरिएको छ ।

२९ गतेको मितिका विषयमा पहिलो बैठकमा छलफल हुने प्रदेश ६ को सांसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?