Comments Add Comment

पिता सुपरस्टार, छोराछोरी बेरोजगार !

पिता, पूर्खाको विरासत पाउन त सजिलो छ, तर थेग्न चाहि गाह्रो । नपत्याए, यी बलिउड सुपरस्टारका छोराछोरीलाई हेरे पुग्छ ।

आमा/बुवा नै सुपरस्टार भएपछि छोराछोरीले त्यो भन्दा अग्लो फड्को मार्नुपर्ने हो । तर, मानविय जीवनमा यो सर्त लागु हुँदैन । बलिउड स्टार किड्स कसरी यसको अपवाद हुनसक्थे । यदि त्यसो हुँदो हो त, धमेन्द्रकी छोरी इशा देओलले धुम मच्याउनुपर्ने हो । गोविन्दाकी छोरी नर्मदा आहूजाले आगो लगाउनुपर्ने हो । मिथुन चक्रवर्तीका छोरा महाअक्षयले उधुम मच्याउनुपर्ने हो । जबकी यी छोराछोरीहरु बलिउडमा चम्कन त सकेका छैनन् नै, कति बेरोजगार पो छन् ।

बलिउडको फ्लप स्टार किड्समा ईशा देओलको नाम अगाडि आउँछ । आफ्ना जमानाका सुपरहिट हिरो धर्मेन्दकी छोरी । तर, उनले बुवाको बिरासत थाम्न सकेनन् । उनी फ्लप हिरोइनमा दरिइन् ।

गोविन्दा आफैमा चल्तापूर्जा हिरो थिए । तर, उनको छोरी नर्मदाले बुवाको लोकप्रियतालाई क्यास गर्न सकिनन् । अहिलेसम्म उनले आफुलाई चिनाउन बुवाकै नाम जोड्नुपरेको छ ।

मिथुन चक्रवती जस्ता एक जमानाका हिट हिरोको छोरो महाअक्षय पनि अहिले गुमनाम छन् । हुन त २००८ मा उनले एक फिल्म खेलेका थिए । तर, फिल्म चलेन । उनी पनि चल्न सकेनन् । भनिन्छ, महाअक्षय अहिले बंगाली फिल्ममा थन्किएका छन् ।

बलिउडका दिग्गज अभिनेता राजकुमारकी छोरी हुन्, वास्तविकता पंडित । उनले बलिउडमा एकाध फिल्म खेलिन् । तर, चलेन । जब बलिउडबाट आफुलाई चिनाउन सकिनन्, उनीपनि हराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment