Comments Add Comment

यी खानेकुराले बढाउँछ स्मरणशक्ति

उमेर ढल्कदै गएपछि कतिपय कुरा स्मरण गर्न गाह्रो हुन्छ । अर्थात हाम्रो स्मरण क्षमता कमजोर हुन्छ । सम्झनै पर्ने कतिपय कुरा पनि भुल्छौं । औषधी खान भुल्छौं । पारिवारिक हिसाब किताब भुल्छौं । ठिक–ठिक ढंगले कुनैपनि कार्य सम्पादन गर्न सक्दैनौ । कारण, हाम्रो स्मरण गर्ने क्षमतामा ह्रास आइदिन्छ ।

स्मरण क्षमता कमजोर हुँदा कतिपय कामहरु अस्तव्यस्त हुन पुग्छ । यसले मानसिक समस्या समेत पैदा गर्छ । आखिरमा त्यो डिप्रेसनसम्म पुग्न सक्छ ।

अब के गर्ने त ?

स्मरणशक्ति विकासका लागि हाम्रो जीवनशैली, खानपानको खास भूमिका हुन्छ । जब शारीरिक स्वस्थ्य ठीक हुन्छ, शरीर चुस्त र तन्दुरुस्त हुन्छ । स्मरण शक्ति तेज हुन्छ । खराब जीवनशैलीलाई त्याग्नैपर्छ, स्मरण शक्ति ह्रास हुनबाट बचाउनका लागि ।

योग, ध्यान, प्राणायम यस्तो विधी हो, जसले मस्तिष्कको कार्य संचालनलाई सही राख्छ । त्यसैले योग, ध्यान र प्राणायमलाई दैनिक तालिकाभित्र समेट्नुपर्छ ।

अर्को विधी हो, खानपान ।

सामान्यत स्वस्थ्यकर, पोषिलो खानेकुरा सेवन गर्नुपर्छ । शरीरमा विकार पैदा गर्ने खानेकुराले स्मरण क्षमता कमजोर बनाउँछ ।

खानेकुराकोसेवन गर्नुस्, जसमा आवश्यक पोषण तत्व होस् । जसले मानिसको स्मरण शक्ति यसरी बढाओस् कि बुढेशकालसम्म पनि कुनै कुरा याद गर्न समस्या नहोस् । तर त्यसको लागि यस्ता खानेकुरा खान आवश्यक छ , जसमा याददाश बढाउने तथा स्मरण शक्ति बढाउने तत्व होस् ।

स्रण शक्ति बढाउने खानेकुरा  

ओख्खर

मस्तिष्क आकारको ओख्खरमा ओमेगा ३ फैटी एसिड अत्याधिक मात्रामा पाइन्छ । ओमेगा ३ का कारण मस्तिष्कमा सुचनाको आदानप्रदान राम्रोसित हुन्छ । जसका कारण ओख्खर खानाले दिमाग तेजिलो हुन्छ ।

माछा

मानिसको मस्तिष्कको करिब ६० प्रतिशत भाग बोसोले बनेको हुन्छ । त्यसैले मस्तिष्कलाई सक्रिय बनाउन पनि फैटी एसिडको आवश्यक्ता पर्छ । माछामा ओमेगाा ३ फैटी एसिड भरपूर मात्रामा पाइन्छ, जसले मस्तिष्यक तेजिलो बनाउँछ ।

टमाटर

एन्टीअक्सिडेन्ट तथा लाइकोपिनले भरपूर टमाटरले मस्तिष्कको शक्ति बढाउँछ । फ्री रेडिकलले दिमागलाई हानी पुर्‍याउँछ ।दैनिक टमाटरको सेवनले फ्री रेडिकलको समस्या हटेर जान्छ । जुनसुकै ठाउमा पाइने टमाटरलाई तरकारी, सलाद तथा अचारमा पनि प्रयोग गर्न सकिन्छ ।

ग्रीन टी

एन्टीअक्सिडेन्ट तत्वले भरपूर ग्रीन टीले सम्झना शक्ति बढाउन मद्दत गर्छ । यसमा पोलिफिनोल तत्व पाइन्छ, जसले स्मरण शक्ति अझै बढाउँछ । दैनिक दुई कप ग्रीन टी नियमित सेवनले स्मरण शक्ति बढाउन निकै मत गर्छ ।

पालुङ्गो

पालुङ्गोमा पोटासियम हुन्छ ।  यसले मस्तिष्कको कोशिकामा राम्रो सम्पर्क बनाउँछ  । साथै सोच्ने तथा याद राख्ने शक्ति बढाउँछ । पालुङ्गोमा एन्टीअक्सिडेन्ट बाहेक म्याग्निसियम, फोलेट, भिटामिन ‘ई’ तथा भिटामिन ‘के’ पाइन्छ,  जसले डिमेन्सिया हुनबाट जोगाउँछ । पालुङ्गो याददास बढाउनुका साथै क्याल्सियमको समेत राम्रो स्रोत हो ।

बदाम

बदाममा भिटामिन ३ प्रचुरमात्रामा पाइन्छ । यसले मस्तिष्कमा फाइदा पुर्‍याउँछ साथै याद दास बढाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment