+
+
Shares

दयाहाङ र मिरुनाले ‘पाँचथर’बाट थाले ‘जारी २’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १०:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘जारी : सङ् अफ च्याब्रुङ’को छायांकन पाँचथरमा सुरु भएको छ र यो ‘जारी’को दोस्रो श्रृंखला हो।
  • छायांकन डेढमहिनासम्म चल्नेछ र आगामी दशैंमा प्रदर्शन हुने योजना छ।
  • फिल्ममा दयाहाङ राई, मिरुना मगर लगायतका कलाकारहरू मुख्य भूमिकामा छन् र यसले पहिलेको ‘जारी’ को सफलतालाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

काठमाडौं । प्रतीक्षित फिल्म ‘जारी : सङ् अफ च्याब्रुङ’को छायांकन पाँचथरमा सुरु भएको छ । बुद्ध जयन्तीको अवसर पारेर मंगलबारदेखि छायांकन सुरु भएको जानकारी निर्माता रामबाबु गुरुङले दिए ।

यो फिल्म यसअघि रिलिज भएको सुपरहिट ‘जारी’को दोस्रो श्रृंखला हो । डेढमहिनासम्म चल्ने छायांकन पुरै पाँचथरमा हुने जनाइएको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा दयाहाङ राई र मिरुना मगरलाई क्यारेक्टर लुक्समा देख्न सकिन्छ ।

यो फिल्मको पटकथा लेखन तथा निर्देशनमा उपेन्द्र सुब्बा छन् । आगामी दशैंमा प्रदर्शन मिति तय गरिएको छ ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्माको शीर्ष भूमिका हुनेछ । बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मनहाङ लावती, विष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङलेखुको पनि अभिनय हुनेछ ।

फिल्मको अघिल्लो श्रृंखलाले घरेलु बक्सअफिसमा १७ करोडभन्दा धेरैको ब्यापार गरेको चलचित्र विकास बोर्डले जनाएको छ । ‘जारी २’पछि बाँसुरी फिल्म्स ‘कबड्डी ५’को निर्माणमा जुट्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?