Comments Add Comment

घोषणा भयो ‘सुश्री सम्पत्ती’, प्रियंकाको भूमिका के ?


चलचित्र ‘सुश्री सम्पत्ती’को घोषणा भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सुव्रतराज आचार्यले निर्देशन गर्न लागेको कमेडी चलचित्रको घोषणा गरियो । चलचित्रको शिर्ष भूमिकामा नायिका सारा सिर्पालीले अभिनय गर्दैछिन् । उनको साथमा, सलोन बस्नेत, विनोद न्यौपाने, प्रमोद अग्रहरि, राजाराम पौडेल, जयनन्द लामा, विशारद बस्नेत, रोशनी कार्की, रञ्जिन कोइराला, विनोद पौडेल, सन्तोष खनाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा नायिका प्रियंका कार्की विशेष भूमिकामा देखिदैछिन् । कार्यक्रममा उपस्थित, नायिका प्रियंका कार्कीले आफ्नो भूमिका खुलाउन नमिल्ने बताइन् । निर्देशक आचार्यलाई ‘आई लभ यू’ भन्दै नायिका कार्की यो टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताइन् । चलचित्र फागूण १५ गतेबाट छायांकनमा जानेछ । चलचित्रको सम्पूर्ण छायांकन पोखरामा हुनेछ ।

चलचित्रमा विज्ञान राई, नुनाम सुब्बा, रमन सिलाकारको लगानी रहनेछ । रमेश त्वयनाको प्रस्तुतीमा चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा अभिमन्यू निरबीको पटकथा, अभिमन्यू र सुव्रतराज आचार्यको संवाद, अर्जुन तिवारीको छायांकन, भरत रेग्मीको सम्पादन, सुरेश अधिकारीको संगीत रहनेछ । एउटा रमाइलो कथामा चलचित्र बन्ने निर्देशक आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment