+
+
Shares

एमालेको ‘रमिता’: प्रदेशसभाको पहिलो बैठकमै दुई गुटको सम्बोधन

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २१ गते १३:३१

२१ माघ, जनकपुरधाम । प्रदेश २ को पहिलो बैठकमा प्रदेशसभामा उपस्थित प्रत्येक दलका एकएक नेताले सम्बोधन गरे ।

तर, तेस्रो ठूलो एमालेका भने दुई प्रदेशसभा सदस्यले सम्बोधन गरे । सुरुमा सत्यनारायण मण्डलले सम्बोधन गरे भने अन्तिममा शत्रुघन महतोले समय पाए ।

जेष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिका लगनलाल चौधरी पनि एमालेकै सांसद हुन् । तर, उनले आफ्नो दलप्रति अतिरित्त मोह देखाएका भने होइनन् ।

पार्टीभित्रको गुटका कारण दलले पाएको १० मिनेट आधा आधा गरेर दुई सांसदले बोलेका हुन् ।

प्रदेशसभामा कसले सम्वोधन गर्ने भन्नेबारे छलफल गर्न जनकपुरधाममा आइतबार विहान एमाले एमाले प्रदेश संसदीय दलको बैठक बसेको थियो ।

बैठकमा सप्तरीका सांसद एवं पूर्वमन्त्रीसमेत रहेका पूर्वमन्त्री सत्यनारायण मण्डलले बैठकमा आफूले दलको तर्फबाट बोल्ने दाबी प्रस्तुत गरे । पार्टीको स्थायी कमिटीका सदस्यसमेत रहेका मण्डल केपी ओली गुटका नेता हुन् ।

तर, सत्रुघन महतोले आफूले बोल्ने दाबी गरे । महतो माधव नेपाल गुटका नेता हुन् । पार्टीमा उनी पोलिटब्यूरो कमिटीमा छन् र पूर्वमन्त्रीसमेत हुन् ।

ओली गुटका मण्डल र माधव नेपाल गुटका महतो दुबैले प्रदेश २ मा संसदीय दलको नेता बन्ने दाबी गर्दै आएका छन् । बैठमा दुबै नेता पछि नहटेपछि एमालेले पाएको १० मिट समयभित्रै पर्ने गरी ५/५ मिनेट दुबै नेताले प्रदेशसभालाई सम्वोधन गर्ने निर्णय भएको एमाले स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?