+
+
Shares

‘कान्छी म्यूजिकल नाइट’ आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २१ गते १३:३३


यहि माघ २३ गते काठमाण्डौको अन्नपूर्ण होटलमा ‘कान्छी म्यूजिकल नाइट २०१८’को आयोजना हुने भएको छ । स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापना भएको ‘श्वेता श्री फाउन्डेशनले’ सिन्धुपाल्चोक जिल्लाको भ्याडी टोलमा निर्माण गरिरहेको ‘माझी बस्ती’को सहयोगार्थ यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

यो कार्यक्रममा चलचित्र ‘कान्छी’ टिमसँगै नेपाली चलचित्र र सांगीतिक क्षेत्रका दर्जन बढी कलाकारको सहभागीता रहनेछ । नायिका स्वेता खड्काले भनिन्–‘हामीले चलचित्र र सांगीतिक क्षेत्रका सबै व्यक्तिहरुलाई निम्ता गरेका छौ । आशा छ, हाम्रो निमन्त्रणालाई सबैले स्विकार गर्नुहुनेछ ।’

कार्यक्रममा नायिका स्वेता खड्का, नायक दयाहाङ राई, संगीतकार तथा गायक राजनराज सिवाकोटी, हाँस्यकवि शैलेन्द्र सिंखडा, गायक यूवराज चौलागाई, कमेडियन सन्दिप क्षेत्री, गायिका माण्डवी त्रिपाठी, संगीतकार तथा गायक अर्जुन पोखरेल, गायक धमेन्द्र सेवना, हाँस्यकलाकार जितु नेपाल, निर्देशक आकाश अधिकारी, नृत्य निर्देशक बसन्त श्रेष्ठ, नायिकात्रय अशिष्मा नकर्मी, मरिष्का पोखरेल र जेविका कार्की, कलाकार विनोद न्यौपानेले प्रस्तुति दिनेछन् । कार्यक्रमको संचालन नरेश भट्टराई र सुगारिका केसीले गर्दैछन् । चलचित्र ‘कान्छी’ फागूण ४ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?