Comments Add Comment

निखिलको क्याम्पबाट बाहिर आउँदा सारा खुशी कि दुःखी ?


चलचित्र ‘रुद्र’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी नायिका हुन्, सारा सिर्पाली । उनले दोश्रो चलचित्र ‘पिजडा ब्याक अगेन’मा काम गरिन् । दुबै चलचित्र बक्स अफिसमा खासै सफल भएनन् । यी दुबै चलचित्रमा नायक निखिल उप्रेती उनको जोडीको रुपमा देखिएका थिए । लगातार निखिलका २ चलचित्रमा काम गर्दा सारालाई धेरैले निखिलकी क्याम्पकी नायिका समेत भन्न थालिसकेका थिए ।

अब, सारा तेश्रो चलचित्र गर्दैछिन्, जसमा निखिल नायक छैनन् । उनले काम गर्न लागेको तेश्रो चलचित्र ‘सुश्री सम्पत्ती’मा उनको जोडीको रुपमा सलोन बस्नेत देखिदैछन् । सारा, अगाडिका दुबै चलचित्र बक्स अफिसमा असफल भएपनि त्यसले आफूलाई असर नगरेको बताउँछिन् । कुनै पनि कलाकारका सबै चलचित्र हिट हुनैपर्छ भन्ने नभएको उनको भनाई छ । यस्तै, कुन चलचित्रमा काम गर्ने वा नगर्ने भन्ने निर्णय आफूले गर्ने उनको भनाई छ ।

उनले, नयाँ टिमसँग काम गर्न पाउँदा खुशी लागेको भन्दै आफूले भर्सटायल रुपमा अभिनय गर्न चाहेको बताउँछिन् । उनको वुझाइमा ‘रुद्र र पिजडा ब्याक अगेन’मा उनले भिन्न भिन्न भूमिकामा काम गरेकी थिइन् । चलचित्र ‘सुश्री सम्पत्ती’मा दर्शकले आफ्नो अझै निखारिएको अभिनय देख्न पाउने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment