Comments Add Comment

‘ह्याप्पी बर्थ डे’ स्वेता, भन्छिन्-‘केक काट्न लाज लाग्छ’


नायिका स्वेता खड्का आज आफ्नो जन्मदिन मनाउँदैछिन् । चलचित्र ‘कान्छी’को रिलिज दिन नजिकिदै गर्दा स्वेताका लागि अहिले चटारो पनि परेको छ । त्यसमाथि उनले भोली काठमाण्डौमा ‘कान्छी सुपर नाइट्स’को आयोजना पनि गर्दैछिन् ।

चलचित्र ‘कहाँ भेटिएला’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका स्वेता खड्काले यसपछि केहि चलचित्रमा अभिनय गरिन् । उनलाई चलचित्र ‘कहाँ भेटिएला’ले परिचित गरायो भने ‘कोहिनुर’बाट उनी निर्मात्रीको रुपमा पनि हिट भइन् ।

बिहे गरेको एक महिनामै नै नायक श्रीकृष्ण श्रेष्ठको निधन भएपछि स्वेता केहि बर्ष विक्षिप्त बनिन् । केहि बर्ष मिडिया र चलचित्र क्षेत्रबाट टाढा रहेकी स्वेता अब भने चलचित्र ‘कान्छी’ लिएर दर्शकमाझ आउँदैछिन् । जुन फागूण ४ गतेबाट रिलिज हुँदैछ ।

नायिका खड्काले आफूलाई जन्मदिनमा केक काट्न मन नलाग्ने बताइन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्-‘मलाई खासै जन्मदिनमा पहिलेदेखि नै केक काट्न मन लाग्दैन । आज पनि केक काट्न मन लागेको छैन ।’ स्वेताका अनुसार आज राती १२ बजे उनको भाइले केक ल्याएर सरप्राइज शुभकामना दिएका थिए । जन्मदिनमा आफूलाई केक काट्न भन्दा पनि समाजसेवा गर्न मन लाग्ने उनको भनाई छ । स्वेताले भनिन्-‘मलाई केक काट्ने भन्ने वित्तिकै लाज लाग्छ ।’ उनले आफ्नो उमेर पनि खुलाउन चाहिनन् । भनिन्-‘बल्ल २३ बर्षमा लागेँ ।’

स्वेताले जन्मदिनको अवसरमा आफूलाई धेरै शुभकामना आएपनि त्यसको जवाफ दिन नपाएको बताइन् । नायिका खड्कालाई हाम्रो तर्फबाट पनि शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment