Comments Add Comment

लहानमा अनलाइनबाटै विद्युत महशुल भुक्तानी, सेवाग्राही लाभान्वित

२२ माघ, लहान । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा सुरु गरेपछि सेवाग्राही लाभान्वित भएका छन् ।

ग्राहकको सुविधालाई ध्यान दिँदै पाँच दिन अगाडिबाट अनलाइन प्रविधिबाट महशुल भुक्तानी सेवा सुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्ऽ लहानका प्रमुख विष्णुदेवप्रसाद यादवले जानकारी दिए ।

वितरण केन्ऽमै आएर महशुल बुझाउँदै आएका ग्राहकले अनलाइन प्रविधिमार्फत अब ई-सेवा, महालक्ष्मी विकास बैंक लिमिटेड, प्रभु बैंक, हिमालयन बैंक, पेय प्वाइन्ट, सिटी एक्सप्रेस, नेपाल इन्भेष्टमेन्ट बैंक लगायत बैंक तथा वित्तीय संस्थाबाट विद्युत् महशुल बुझाउन सक्ने छन् ।

वितरण केन्ऽबाट विद्युत भुक्तानी गर्दा घन्टौ लाइनमा बसेर बिद्युत महशुल बुझाउन पर्ने बाध्यता हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेपछि बिद्युत महसुल भुत्तानीका लागि अनलाइन सेवा सुरु गरेको प्राधिकरणले बताएको छ । विद्युत् प्राधिकरण वितरण केन्ऽ लहान अन्तर्गत ४५ हजार ग्राहक छन् ।

त्यसैगरी विद्युत् प्राधिकरण वितरण केन्ऽ लहानले लामो समयदेखि विद्युत् महशुल बक्यौता विद्युत् महशुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्ने अभियान सुरु गरेको कार्यालयले जनाएको छ ।

नबुझाउने १४० जना सेवाग्राहीको विद्युत् लाइन काटिसकेको छ । ५० हजारभन्दा बढी बक्यौता बाँकी रहेका २२० ग्राहकको विद्युत् लाइन काट्ने केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment