+
+
Shares

रिडीको बगरमा तिते करेला फलाउने प्रयास

अनिल खत्री अनिल खत्री
२०७४ माघ २२ गते १४:४२

२२ माघ, गुल्मी । कुनै पनि काममा गरेको लागानी खेर गयो भने ‘बालुवामा पानी हाले सरह भयो’ भन्ने नेपाली प्रचलन छ । यसको अर्थ बालुवामा जति पानी हालेपनि जम्दैन भन्ने हो ।

तर, रिडीका युवाहरुले भने रिडीखोला वगरमा तरकारी खेती सुरु गरेका छन् । माघेसंक्रान्ति मेलाको स्टल बनाउँदा प्रयोग भएका वाँस र जस्ता पाता सदुपयोग गर्ने क्रममा रुरु गाउँपालिका वडा नम्वर–१ रिडी बजारका युवाहरुले तरकारी खेती सुरु गरेका हुन् ।

उनीहरुले ८ रोपनी भन्दा बढि क्षेत्रफल बगरलाई कम्पाउण्डिङ्ग गरेर तिते करेला रोप्न सुरु गरेका छन् ।

१४ जनाले जनही ५ हजार संकलन गरेर विरुवा लगाउने डोबहरु खन्ने आधुनिक मेशिन नै मगाएका छन् । साढे तीन महिनामा ८ मेट्रिक टन तिते करेला उत्पादन गरेर वजारमा पुराउने लक्ष्य लिएको करेला रोपेको युवाहरु बताउँछन् ।

मलेशियाबाट गाउँ फर्केर तरकारी खेती सुरु गरेका रिडीका प्रेम भण्डारी, कोरियाको रोजगारी गरेर फर्केका रविलाल पन्थलाई रिडीका यमनारायण भट्टराईले साथ दिएका छन् ।

जोखिम मोलेरै भए पनि वालुवामा कृषि उत्पादनको सन्देश दिन खेती गर्न थालिएको उजिर खान बताउँछन् । कुल क्षेत्रफलमा ४२४ वोट करेला रोपेका उनिहरुले एउटै वोटबाट १५ देखि २० किलो सम्म करेला उत्पादन गर्ने लक्ष्य लिएका छन् ।

‘करिब ८ टन करेला उत्पादन गरेर साढे तीन महिनामा करिब ५ लाखसम्म आम्दानी लिने सोच राखेका छौं’, खानले भने, ‘हामी त्यसमा सफल भयौं भने आगमी दिनमा अरु क्षेत्रफलमा वृहत तरकारी खेती सुरु गर्ने छौं ।’

२०७२ सालको रिडी मेला तथा कृषि प्रदर्शनीमा एउटै वोटमा २२७ दाना गोलभेडा फलाएर उत्कृष्ट युवा कृषकका रुपमा पुरस्कृत भएका प्रेम भण्डारीले मलेशियाबाट फर्केपछि गाउँमै केहि गरौं भन्ने सोच राखेर व्यवसायीक कृषि खेत गर्दै आएको बताए ।

उनले आधुनिक मेशिनबाट डोव खन्ने कार्यको जिम्मा लिएका छन् । कसैले डोवहरुमा मल राख्ने, कसैले विउ रोप्ने त कसैले सिंचाई गर्ने गरेका छन् ।

कोरियाबाट फर्केर रिडी बजारमा दुग्ध व्यवसाय सुरु गरेका रविलाल पन्थले आर्थिक रुपमा जोखिम मोलेरै भए पनि वालुवामा नमुना तरकारी खेतीको सन्देश दिन लागिएको बताए ।

यमनारायण भट्टराई भन्छन्, ‘मुनाफा लिने भन्दा पनि वालुवामा तरकारी खेत गर्न सकिन्छ कि सकिँदैन भन्ने परिक्षण हो । साथै युवाहरुलाई एउटा सन्देश दिने प्रयास पनि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?