+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

गुल्मीको तम्घासमा महोत्सव सुरु

गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा “गुल्मी जिल्लाको समृद्धिको आधार : कृषि, पर्यटन, उद्योग र ब्यापार” भन्ने नाराका साथ आजबाट सुरु भएको महोत्सव वैशाख १७ गतेसम्म चल्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १५:४७

५ वैशाख, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मी जिल्लाको तम्घासमा महोत्सव सुरु भएको । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा “गुल्मी जिल्लाको समृद्धिको आधार : कृषि, पर्यटन, उद्योग र ब्यापार” भन्ने नाराका साथ आजबाट सुरु भएको महोत्सव वैशाख १७ गतेसम्म चल्ने छ ।

महोत्सवको लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले उद्घाटन गरेका हुन् । उद्घाटनको अवसरमा सदरमुकाम तम्घास स्थित विभिन्न संघ संस्थाहरुले विभिन्न झाँकी लगायत र्याली प्रस्तुत गरेका थिए।

महोत्सवमा विभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, विभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि महोत्सव अवधीभर प्रर्दशन गरिने भएको गुल्मी चेम्बर अफ कमर्स का वरिष्ठ उपाध्यक्ष बिरेन्द्र भुसालले बताए ।

गुल्मी महोत्सवको तम्घासमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु, मनोरञ्जनात्मक पिङ लगायत विभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री वितरणको लागी राखिएको छ । मेलामा ३ सय वटा स्टल रहेका छन् ।

त्यसमध्ये केहि स्टल स्थानीय उत्पादनका सामाग्रीहरु राख्ने गरि व्यवस्था मिलाइएको छ । महोत्सवमा स्थानीय व्यापारीहरुलाई प्रोत्सहान गर्न भन्दै छुटमा स्टल दिइएको छ ।

महोत्सवमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरूसँगै गुल्मी जिल्लामा विभिन्न जाति विशेषका खाना परिकारहरू, विभिन्न संस्कृति झल्किने झाँकीहरू पनि प्रदर्शन गरिने भएको छ ।

जिल्लामा भएका मझौला उद्योगको प्रचारप्रसार गरेर प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय स्तरबाट उत्पादन भएका सामग्रीको प्रदर्शन गरिनुका साथै कृषि उत्पादनको प्रदर्शन गरेर बजारीकरणमा टेवा पुर्‍याउने आयोजकले लक्ष्य लिएको आयोजकले गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए।

महोत्सव अवधीभर सांस्कृतिक कार्यक्रममा लोकप्रिय कार्यक्रम इन्द्रेणी टिमसहित विभिन्न विधाका झण्डै एकसय बढी कलाकारको प्रस्तुती रहने भएको आयोजकले जनाएको छ । महोत्सवबाट ३० करोडको आर्थिक कारोबार र डेढ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको।महोत्सवमा टिकट शुल्क विद्यार्थी ५० रुपैयाँ र अन्य व्यक्तिलाई १०० रुपैयाँ लाग्नेछ।

७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?