+
+

प्रदेश ६ मा मन्त्रालय व्यवस्थापनमा ढिलाइ, सभाहल व्यवस्थापन गर्न तीन महिना लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २२ गते १७:४४

२२ माघ, सुर्खेत । प्रदेश ६ मा मन्त्रालय व्यवस्थापन गर्न ढिलाइ भएको छ । मन्त्रालय व्यवस्थापन गर्न अझै १० दिन लाग्ने भएको छ ।

अबको १० दिनभित्र मात्रै सबै मन्त्रालयहरुको व्यवस्थापन हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले बताएका हुन् ।

वीरेन्द्रनगरमा आइतबार रिर्पोटर्स क्लव नेपाल, शाखा सुर्खेतले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख सचिव प्रधानले मन्त्रालय व्यवस्थापनको कार्य त्रीव रुपमा भइरहेको जानकारी दिएका हुन् ।

हाल मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय व्यवस्थापन गर्ने काम सकिएकाले अन्य मन्त्रालयहरुको मर्मत कार्य सुरु गरिएको प्रमुख सचिव प्रधानले जानकारी दिए ।

भवनको अभाव नभएपनि छोटो समयमा जनशक्तिको अभाव हुदाँ व्यवस्थापन गर्न केही ढिलाइ भएको उनको भनाइ छ ।

हाल मन्त्रालयका लागि छनौट गरिएका संरचनामाहरुमा रंग-रोगन र मर्मतको काम भइरहेको उनले बताए ।

सार्वजनिक खरिद ऐन सम्बन्धी प्रक्रियाले गर्दा प्रदेश सभा भवन व्यवस्थापन गर्न भने केही समय लाग्ने उनले जानकारी दिए ।

प्रदेश नं. ६ मा ७ वटा मन्त्रालयहरु रहने छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार बिकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमी ब्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय रहने प्रमुख सचिव प्रधानले जानकारी दिए ।

यी मन्त्रालयहरु कुन-कुन भवनमा राख्ने भन्ने विषयमा कार्यालयहरु समेत छनौट गरिएको उनले उल्लेख गरे ।

सभाहलको निर्माण हुन तीन महिना लाग्ने

साक्षात्कार कार्यक्रममा बोल्दै शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका प्रमुख थम्बराज श्रेष्ठल प्रदेश सभाका लागि छनौट गरिएको शैक्षिक तालिम केन्द्रको भवनमा ध्वनीको समस्या देखिएकाले सभाहल व्यवस्थापन गर्न झण्डै तीन महिना लाग्ने जानकारी दिए ।

उनले सार्वजनिक खरिद ऐन प्रक्रियाले गर्दापनि समय धेरै लाग्ने बताए । ‘ढिलै भएतापनि कम खर्चमा उत्कृष्ट सभाहल निर्माणका लागि खटिएका छौं’ श्रेष्ठले भने,’प्रदेश सभा हल स्थायी रुपमा बनाउने गरी व्यवस्थापनाको काम अघि बढिसकेको छ ।’

प्रदेश सभाको भवन व्यवस्थापन गर्न मात्र झण्डै १ करोड लागत लाग्ने श्रेष्ठले जानकारी दिए । सभाहलको ध्वनी हटाउने मात्रै झण्डै २० लाख खर्च लाग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?