Comments Add Comment

स्वेताको हेराई


नायिका स्वेता खड्काको आयोजनामा आज बेलुकी काठमाण्डौको अन्नपूर्ण होटलमा ‘कान्छी सुपर नाइट’को आयोजना हुँदैछ । स्वेता आफूले नै निर्माण तथा अभिनय गरेको चलचित्र ‘कान्छी’का लागि दौडधुप गरिरहेकी छिन् ।

यो चलचित्र फागूण ४ गतेबाट रिलिज हुँदैछ । अर्कोतिर, स्वेता खड्का माझी गाउँको निर्माणमा पनि व्यस्त छिन् । धेरै स्थानमा हात हालेकी स्वेतालाई दर्शकले केहि बर्षको अन्तरलापछि पर्दामा हेर्न पाउनेछन् ।

नेपाली चलचित्र क्षेत्रमा स्वेताको चर्चा खुबै हुनेगर्छ । उनको पहिरनदेखि स्टाइलको चर्चा पनि खुबै हुने गरेको पाइन्छ ।

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment