Comments Add Comment

‘ब्लाइन्ड रक्स’को ट्रेलर रिलिज, बेनिशाको कामको तारिफ

चलचित्र ‘ब्लाइन्ड रक्स’को ट्रेलर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै रिलिज गरिएको छ । श्रृष्टी केसीको जीवनमा आधारित यो बायोपिक चलचित्रमा नायिका वेनिशा हमालले मुख्य भूमिका निर्वाहा गरेकी छिन् ।

श्रृष्टीको बायोपिकमा काम गर्नका लागि वेनिशाले तौल समेत घटाएकी थिइन् । साथै, उनले यो चलचित्रका लागि श्रृष्टीको आनीबानी, बोलीचाली सबै सिकेकी थिइन् । चलचित्रमा अर्पण थापा, गौरी मल्ल लगायतका कलाकारको पनि मुख्य भूमिका छ । मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रमा निकेश लिम्बुको लगानी छ । चलचित्र फागूण १८ गतेबाट रिलिज हुँदैछ ।

पत्रकार सम्मेलनमा बोल्दै श्रृष्टीले भनिन्–‘यो चलचित्र निर्माणसँगै मेरा हजार आँखा खुलेका छन् । मलाई यसले दृष्टि दिएको छ ।’ निर्देशक मिलन चाम्सले बायोपिक चलचित्र बनाउनु आफैमा चुनौती भएको बताए । यो विश्वभर रहेका धेरै भन्दा धेरै मानिसले हेरुन् भन्ने चाहना आफ्नो रहेको मिलनको भनाई थियो ।

उनले नायिका हमालको कामको खुलेरै तारिफ पनि गरे । नायिका बेनिशा हमालले एउटा चुनौतीपूर्ण चलचित्रमा काम गरेको बताइन् । यो चलचित्र आफ्ना लागि विशेष रहेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment