Comments Add Comment

प्रदेश ५ मा विपक्षी दलको नेता बन्न कांग्रेसका तीन आकांक्षी

२४ माघ, दाङ । नेपाली कांग्रेस प्रदेश ५ मा विपक्षी दलको नेता बन्न तीन जनाले आकांक्षा देखाएका छन् ।

८७ जना प्रदेश सांसद रहेको प्रदेश ५ मा नेपाली कांग्रेसबाट १९ जना विजयी भएका छन् । कांग्रेस संसदीय दलको नेतामा पाल्पाका वीरबहादुर राना, दाङका डिल्ली चौधरी र कपिलवस्तुका वीरेन्द्र कनौडियाले आकांक्षा राखेका छन् ।

प्रदेश पाँचमा वाम गठबन्धनको स्पष्ट बुहमत आइसकेकाले नेपाली कांग्रेस संसदीय दलको नेता प्रमुख प्रतिपक्षी दलका नेता बन्ने छन् । पाल्पाका प्रदेश सांसद रानाले अहिलेका सबै प्रदेशसभा सदस्य भन्दा आफू सिनिएर भएको बताएका छन् ।

‘म पार्टी संगठनमा लामो समयदेखि काम गर्दैै आएको छु,’ उनले भने, ‘पार्टीले मेरो उचित मूल्यांकन गर्नेछ ।’ राना कांग्रेसको पाल्पा जिल्ला सभापति हुन् ।

दाङका डिल्ली चौधरीले श्रम राज्यमन्त्रीका अनुभव लिइसकेका छन् । ‘म मन्त्री भएर काम गरिसकेको मान्छे, मेरो आकांक्षा हुनु स्वभाविक हो,’ उनले भने, ‘पार्टीभित्र संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने हाम्रो योजना रहेको छ ।’ चौधरी प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन् ।

कपिलवस्तुबाट निर्वाचित पूर्वराज्यमन्त्री विरेन्द्र कनौडियाले आफू संसदीय दलको नेताको आकांक्षी भएको बताएका छन् । पार्टीबाट निर्वाचितमध्ये सबैभन्दा सिनिएर आफू भएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment