Comments Add Comment

निजी आवास पुनर्निर्माणका लागि प्राधिकरणले दियो थप ११ अर्बको अख्तियारी

२४ माघ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि विभिन्न जिल्लामा अनुदानको किस्ता रकम वितरण गर्न थप ११ अर्ब रुपैयाँको अख्तियारी दिएको छ । प्राधिकरणले मंगलबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाइलाई यस्तो अख्तियारी दिएको हो ।

निजी आवास निर्माण उल्लेखनीय गतिमा बढिरहेकोले प्राधिकरणले जनाएको छ । अनुदान रकमको माग उच्च हुने संभावनालाई विचार गर्दै थप रकमको अख्तियारी दिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले जिल्लाबाट अनुदान मागको चाप बढ्न सक्ने भन्दै थप ५ अर्ब रुपैयाँ रकमान्तरका लागि अर्थ मन्त्रालयलाई आग्रह गरेको छ ।

निजी आवास पुनर्निर्माण गरिरहेका लाभग्राहीलाई किस्तावापतको रकमका लागि कुनै समस्या नभएको प्राधिकरणका उपसचिव मनोहर घिमिरले बताए । ‘घर निर्माणका लागि रकम अभाव नहोस् भनेर अगि्रम रुपमै जिल्लाहरूमा निकासा गर्न बजेटको अख्तियारी दिइएको हो,’ उनले भने ।

घिमिरेले जिल्लाबाट माग भएअनुसार सबै जिल्लामा रकम पठाइएकोले ढुक्क भएर निजी आवास निर्माणलाई अघि बढाउन लाभग्राहीलाई आग्रह गरे ।

मंगलबारसम्मको तथ्यांकअनुसार अहिले २ लाख ९१ हजार ८ सय ९५ घर निर्माणाधीन छन् भने दोस्रो किस्ताका लागि २ लाख २७ हजार ८ सय ५४ लाभग्राही प्रमाणीकरण भइसकेका छन् ।

निजी आवास निर्माणका लागि विश्व बैंकले दिने थप ३० अर्ब रुपैयाँ ऋण सहयोगको पनि यही माघ पहिलो साता विश्व बैंक र अर्थ मन्त्रालयबीच सम्झौता भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment