Comments Add Comment

मरिष्कासँग नाचे निर्देशक


नायिका मरिष्का पोख्रेललाई निर्देशक आकाश अधिकारीले चलचित्र ‘के म तिम्रो होइन र’बाट चलचित्र क्षेत्रमा भित्राएका हुन् । यो चलचित्रमा काम गरेपछि मरिष्का व्यस्त समेत बनेकी छिन् ।

यो चलचित्रमा आकाशले मरिष्काको जोडीको रुपमा आफ्नै भतिज आर्यन अधिकारीलाई डेब्यू गराएका थिए । तर, काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजना भएको ‘कान्छी म्यूजिकल नाइट’मा निर्देशक अधिकारीले मरिष्कासँग नाच्ने जमर्को गरे ।

नेपाली चलचित्रका पुराना गीतहरुमा आकाश र मरिष्काले आकर्षक नृत्य गरे । मरिष्का र आकाशले चलचित्र ‘कान्छी’मा समावेश ‘यो मन रमाउँदै रमाउँदै गयो’ र चलचित्र ‘मन मन्दिर’मा समावेश ‘लौ है माया’ बोलको गीतमा नृत्य गरेका थिए । सो कार्यक्रममा नायक आर्यन अधिकारी पनि पुगेका थिए । तर, उनले मरिष्कासँग नृत्य भने गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment