Comments Add Comment

यस्तो हुनेछ सामसुङको फोल्ड गर्न मिल्ने स्मार्टफोन

सामसुङ ‘ग्यालेक्सी एक्स’ को लन्च अझै टाढै रहे पनि यसले धेरैको ध्यानाकर्षण गरिसकेको छ । यो मोबाइल सामसुङको पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन हुनेछ ।

लेट्स गो डिजिटल वेवसाइटले पत्ता लगाएको प्याटेन्टमा देखिएको डिजाइन अरुभन्दा फरक र विस्तृत छ । अघिल्लो प्याटेन्टमा यो एउटा साइडबाट फोल्ड गर्न सकिने र ट्याब्लेटमा परिणत गर्न सकिने देखाइएकोमा नयाँ प्याटेन्टले यसलाई माथिबाट फोल्ड गर्न सकिने देखाएको छ ।

वेवसाइटले सेयर गरेको तस्वीरहरु वर्ल्ड इन्टलेक्चुअल प्रपर्टी अर्गनाइजेसनबाट प्राप्त भएको जनाइएको छ । तस्वीरमा मोबाइलको बीचमा फोल्ड हुने ठाउँ प्रष्ट छुट्टएिको देखिँदैन, जहाँ बढि दवाव पर्छ । यसलाई सामसुङले कसरी मिलाउँछ भन्ने प्रष्ट भएको छैन । यदि तस्वीर आधिकारिक हो भने सामसुङले यसको ‘एमोल्ड’ डिस्प्लेलाई अझ बढि टिकाउ र फ्ल्याट बनाउने छ ।

अर्को तस्वीरले बीचको दोबि्रने भाग लचकदार रहेको देखाउँछ । फोल्ड हुने स्मार्टफोनको अर्को चासो भनेको ब्याट्री कसरी राखिएको छ भन्ने हो । सामसुङले यसको ब्याट्रीलाई केवल एउटा साइडमा मात्रै राख्ने सम्भावना छ किनकी लचकदार ब्याट्री निर्माण गर्न कठिन हुन्छ ।

सामसुङले सन् २०१३ देखि नै लचकदार डिस्प्लेमाथि काम गरिरहेको थियो । यस्तो प्रविधि सामसुङको लागि नयाँ होइन । यसले सन् २०१३ मा ‘सामसुङ ग्यालेक्सी राउन्ड’ का रुपमा घुमेको स्त्रिmनसहितको स्मार्टफोन ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment