Comments Add Comment

दाइजो नपाएपछि श्रीमानले मिर्गौला चोरेको महिलाको आरोप

भारतमा महिलाको मिर्गौला चोरेको आरोपमा श्रीमान र देवर पक्राउ परेका छन् । दाइजो दिन नसकेपछि आफ्नो एउटा मिर्गौला लिएको भन्दै महिलाले प्रहरीमा उजुरी गरेपछि श्रीमान र देवरलाई प्रहरीले पक्राउ गरेको हो ।

पश्चिम बंगालकी रिता सरकारले महिलाले एक वर्षअघि आफू पेट दुखेर विरामी हुँदा श्रीमानले एपेन्डिक्सको अपरेसन गराउने भनेर मिर्गौला झिकेको बताएकी छन् । सन् २०१७ को अन्त्यमा दुई फरक फरक मेडिकल टेष्टले उनको एउटा मिर्गौला नभएको पुष्टी गरेको थियो ।

‘श्रीमानले मलाई कोलकाताको प्राइभेट नर्सिङ होममा लिएर गए, त्यहाँ स्वास्थ्यकर्मीले अपरेसन गरेर एपेन्डिक्स फालेपछि निको हुन्छ भने’ उनले भनिन् ‘मेरो श्रीमानले मलाई यो कुरा कसैलाई नभन्न धम्की दिए ।’

एक महिनापछि रिता फेरि विरामी परिन्, परिवारका सदस्यले डाक्टरकोमा पुर्‍यो । त्यतिबेला उनले भने कि महिलाको एउटा किड्नी छैन । उनले अर्को पनि परीक्षण गराइन्, त्यसले पनि मिर्गौला नभएको नै पुष्टी गर्‍यो ।

‘त्यसपछि मलाई पक्का भयो, किन मेरो श्रीमानले यसबारेमा कसैलाई नभन्नू भनेका हुन् भनेर’ उनले भारतीय पत्रिका हिन्दुस्तान टाइम्ससँग भनिन् ‘उसले मेरो किड्नी बेच्यो, किनकी मेरो माइतीले उसले भनेजति दाइजो दिन सक्दैनथे ।’

इन्सपेक्टर उददयशंकर घोषले भनेका छन् ‘हामीलाई यसमा गिरोहकै संलग्नता रहेको आशंका छ ।’ मानव अंग प्रत्यारोपणका विषयमा मुद्दा अघि बढेको उनले जानकारी दिए ।

– बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment